धनकुटामा केटा–केटाबीच बिवाह ३ महिनामा बाहिरियो झुठो रहस्य !!

Tuesday, May 1st, 2018

चक्र प्रसाद पोख्रेल
धनकुटा  ः  धनकुटामा  दुलाह–दुलही बनेर केटा–केटाबीच विवाह भएको छ ।धनकुटाको शहिदभूमी गाउँपालिकास्थित छिन्ताङमा रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग तिन महिना अगाडि विवाह गरेका हुन ।जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी गौतम मिश्रका अनुसार केही समय अघि विपिन बैदेशिक रोजगारीका शिलसिलमा भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुवीच चिनजान भएको थियो।
राजकुमारले केटी जस्तो बनेर बिपिनसँग सम्बन्ध बिस्तार गरे । बिपिन स्वदेश फर्किएपछि उनीहरुले भागी बिवाह गरेका हुन । तर, बिबाह गरेर ल्याईएको मान्छे केटा हो भनेर बिपिनले विवाह पश्चात मात्र पत्तो पाए ।गाउँलेले थाहा पाउँदा बेईज्जत हुने डरले गुपचुप बसेको बिपिनले प्रहरीलाई दिएको बयानका क्रममा उल्लेख गरेका छन् । आफुहरुवीच आर्थिक लेनदेनको विषय रहेकाले त्यो टुंग्याएपछि छुट्ने तयारी गरेको बिपिनको दाबी छ ।
दुलही बनेर आएका राजकुमार केटीको कपडा लगाएर बस्ने गर्थे । स्वर पनि केटीको जस्तै बनाएर बोल्ने गरेका थिए । विवाह गरेर तीन महिनासम्म एउटै कोठमा बस्दै आएका उनीहरुले आफ्न्तसँग मागेको सापटी तिर्न नसक्दा उनीहरुको पोल खुलेको हो ।विपिनसँग विवाह गर्ने राजकुमारको श्रीमती र एक डेढ वर्षको छोरा समेत रहेको छ । त्यस्तै राजकुमारको श्रीमान बनेका विपिनको पनि श्रीमती र एक छोरी रहेको प्रहरीले जनाएको छ ।उनीहरुले आफ्न्तहरुसँग सापटी लिएको तर तिर्न नसक्दा झगडा भएको थियो । झगडा हुँदा गाउँलेले दुवै केटा नै भएको थापा पाएका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest