धनगढीमा जन्मियो तीम्ल्याहा बच्चा

Monday, December 10th, 2018

धनगढीमा तीम्ल्याहा बच्चा जन्मिएको छ । सेती अञ्चल अस्पताल धनगढीमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । कैलालीको गौरीगंगा नगरपालिका–३ कि २७ वर्षीया निर्मला जोशीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । दिउसो दुई बजेर १३ मिनेटमा डेढ किलो तौलकी छोरीलाई जन्म दिएकी निर्मलाले ३ बजेर मिनेटमा एक किलोको छोरालाई जन्म दिईन् । त्यसको झण्डै आधा घण्टापछि तेस्रो सन्तानका रुपमा दिउसो ३ बजेर ५० मिनेटमा दुई किलो तौलको छोरालाई जन्म दिईन ।

‘दोस्रो शिशु उल्टो अवस्थामा थियो, अप्रेशनमा सहभागी एक चिकित्सले भने, ‘तीनटै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था ठिक छ । समयभन्दा पहिले जन्मिएकाले तीन वटै शिशुको तौल कम रहेको चिकित्सकले बताए । करीव साढे सात महिनामा निर्मला सुत्केरी भएकी हुन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest