धुर्मुस–सुन्तलीले बनाउन लागेको फिल्मको नाम ‘स’ र ‘ग’ बाट राख्न ज्योतिषको सल्लाह

Wednesday, November 28th, 2018


 चक्र प्रसाद पोख्रेल,

काठमाडौं :– नेपाली कलाकारीतामा मात्र नभई समाजसेवामा समेत आफ्नो नाम राख्न सफल जोडी हास्यकलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेले निर्माण गर्ने सिनेमाको तयारी अन्तिम चरणमा पुगेको छ ।सिनेमाका लागि कलाकार छनौटदेखि अन्य कामहरु पनि अन्तिम चरणमा पुगेका कारण मंसिर १४ गते यो सिनेमाको आधिकारिक घोषणा गरिने भएको छ । यो समाचार तयार पार्दासम्म यो सिनेमाको नाम भने फाइनल भइसकेको छैन ।
यसअघि सिनेमाको नाम ‘एन्टिभाइरस’ राखिने चर्चा थियो तर स र ग बाट सिनेमाको नाम राख्दा राम्रो हुने ज्योतिषको सल्लाह भएका कारण अहिलेसम्म सिनेमाको नाम फाइनल हुन सकेको छैन ।मंसिर १४ गते सीताराम र कुन्जनाको वैवाहिक वर्षँगाँठ पनि परेको छ । आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर सिनेमाको आधिकारिक घोषणा गरिने विशेष स्रोतले जनाएको छ । यो सिनेमामा धुर्मुस र सुन्तली नै मुख्य भूमिकामा रहनेछन् भने अन्य कलाकारको जानकारी १४ गते गराइने छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest