नक्कली डाक्टरबाट युवती बलात्कृत

Thursday, March 29th, 2018


अनुराधा तिमिल्सिना,
काठमाडौं :काठमाडौंको गंगालाल अस्पत्तालमा आमाको उपचार गर्न पुगेकी २३ वर्षीया युवती ‘नक्कली डाक्टर’बाट बलात्कृत भएकी छन ।बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा तानसेनका २७ वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरेको छ । उनी नेपाली सेनाका भूपू जवान हुन् । यसअघि पनि उनी जबरजस्ती करणी मुद्दामा बर्खास्त भएका थिए ।
उनले आमाको उपचारको लागि चैत ६ गते गंगालाल अस्पताल आएकी ती युवतीलाई आफु ‘डाक्टर’ भएको भन्दै झुक्याएर होटलमा लगी बलात्कार गरेका थिए । आफ्नो डाक्टरसँग राम्रो चिनजान भएको र आमाको उपचारमा सक्दो सहयोग गर्ने भन्दै युवतीलाई फकाएका थिए ।
कोइरालाले झुक्याएर सामाखुसीस्थित आफ्नो सानी आमासँग भेटघाट गर्न जाउँ भनी मोटरसाईकलमा राखी काठमाडौं २६ मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेका थिए ।
आफु बलात्कृत भएको भन्दै पीडित युवतीले प्रहरीको उजुरी दिएकी छन् । युवतीको उजुरीको आधारमा काठमाडौं २६ मा डेरा गरी बस्ने अभियुक्त कोइरालालाई महानगरीय प्रहरी बृत्त महाराजगन्जले पक्राउ गरेको छ ।
कोइरालाले आफुले डाक्टर हुँ भनि युवतीलाई बलात्कार गरेको स्विकार गरेका छन् । उनले आफ्नो नाम समेत सन्तोष घले भनेर युवतीलाई झुक्याएका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाईएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest