नङमा सेतो आकार हुनुको अर्थ के हुन्छ

Tuesday, January 12th, 2021


प्रायःमनिसहरुले आफ्नो हातको रेखा हेरेर भविष्य हेर्ने गर्छन । आफ्नो दिन चर्य कसरी बित्छ भने पनि हात हेर्ने गर्दछन ।त्यति मात्रै होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।हातको प्रत्यक नङमा रहेको सेतो आधा चन्द्रमा निशानबाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ ।
नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो ।
यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डिजाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ ।
चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वास्थ्य मापन गर्ने ब्यारोमिटरको रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखिदैनन् ।स्वास्थ्यमा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।

सामान्य लुनुला

यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लिन जरुरत छैन ।

लुनुला कम हुँदैछ

यदि तपाईको नङमा लुनुलाका निशानहरु हराउँदै गएका छन् र बुढी औलामात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नुपर्छ । तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest