नयाँ बर्षको नयाँ गजल

Friday, April 13th, 2018

प्रभा आचार्य

आयो नयाँ बर्ष नौलो उमंग बोकेर
बिगतका बिध्वंश ती प्रकोप छोपेर

नेपालीको भाग्य फेर्न बद्लियो कि पात्रो
पुराना ती ब्यथा पीडा अंकले जोखेर

आओस् अब नयाँ बर्ष उन्माद लिएर
छातिभरी सुनौला ती अक्षर रोपेर

आशा गरि बाँच्दैछौं है नेपाली साराले
आउने छौ अब तिमी बाधा ती रोकेर

निष्कलंक बन्नु पर्छ नयाँ साल तिमीले
२०७५ अंकको दिर्घ जीवन तोकेर

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest