नयाँ संसद् भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने

Wednesday, September 18th, 2019

-चक्र प्रसाद पोख्रेल
काठमाडौंःसिंहदरबारको पुतली बगैंचामा निर्माण गर्न लागिएको संघीय संसद् भवनको आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भएका छन् ।संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ । मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने शहरी विकास मन्त्रालयको भनाइ छ ।
सहरी विकास मन्त्रालयले सिंहदरबारको पुतली बगैँचामा संसद भवन बनाउनका लागि डिजाइन तयार पारेको छ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।मन्त्रालयले नक्सा तयार पार्नुअघि नै अर्थमन्त्रालयले संसद भवन निर्माणकै लागि १० अर्ब रुपैयाँ बजेटको सुनिश्चिततासमेत गरिसकेको छ । अर्थले बजेटको व्यवस्था नै गरिसकेकाले स्रोतको अभाव नहुने र तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी तयारी भइरहेको सहरी विकास मन्त्रालयले बताएको छ ।बढीमा साढे दुई वर्षमा निर्माण सम्पन्न हुने सहरी विकासको दाबी छ ।

सहरी विकासले गराएको डिजाइनमा दलको कार्यालय, संसद सचिवालय, राष्ट्रिय सभा तथा प्रनिनिधिसभा नजिकै राखिने छ । संसद भवनको क्षेत्रको मध्यभागतिर भीभीआईपीका लागि प्रवेशद्वार राखिने छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार राखिने छ ।मुख्य गेटबाट प्रवेश गर्ने्िवत्तिकै प्लाजामा पुगिनेछ । त्यसको एकापट्टि संसद सचिवालय हुनेछ भने अर्कोको प्रतिनिधिसभाको हल हुनेछ । सचिवालय र प्रतिनिधि सभाको पछिल्लो भागमा एकापट्टि दलको कार्यालय र अर्कोपट्टि राष्ट्रियसभा हुने गरी मन्त्रालयले डिजाइन तयार पारिएको छ । संसद् भवनकै क्षेत्रभित्रमा बगंैचा, तथा सानो चौरसमेत रहने डिजाइनमा उल्लेख छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest