नर्भिकमा डेङ्गू विरामीहरुको चाप बढेका कारण छुटै वार्डको व्यवस्था

Sunday, September 15th, 2019

काठमाडौं ःहालै मुलुकमा महामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढ्ने क्रममा रहेका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेका छन् । विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ता विरामीहरुका लागि छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधासम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ ।
सहुलियतपूर्ण दर÷रेटमा उपलब्ध हुने उक्त क्लिनिक÷वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ ।
डेङ्गू ज्वरो भएको यदि कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest