नर्भिकले पायो अन्तराष्टिय अवार्ड

Monday, November 19th, 2018


विष्णु वास्कोटा,
काठमाण्डौ : नर्भिक इन्टरनेशनल हस्पिटल स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजिनेश एक्सलेन्स इन हेल्थ केयर), नामक एक विश्वस्तरीय पुरस्कार÷सम्मान हातपार्न सफल भएको छ । संयुक्त राज्य अमेरिकास्थित टेक्सास शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमसर््को एक निकाय वल्र्ड कन्फेडेरेसन अफ बिजनेशले दि बिज सम्मान विशेष समारोह वीच नर्भिकलाई प्रदान गरेको हो ।सम्मान अर्पण समारोहका प्रमुख अतिथि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उक्त सम्मान नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई अर्पण गरेका छन । सो अवसरमा नर्भिकलाई वल्र्डकबका विदेश मामिला निर्देशक निकोलस कफारोलेइलाइट मेम्बर समेत प्रदान गरे । उक्त सदस्यता नर्भिकका अध्यक्ष बसन्त चौधरीले ग्रहण गरेका थिए । दि वल्र्डकबले दि बिज नामक उक्त सम्मानका खातिर विश्वभरका अर्थात् पाँचै महादेशका उत्कृष्ट व्यवसायिक संघ संस्था तथा व्यक्तित्वहरुलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आवद्ध बनाउने, सम्मानित गर्ने आदि गर्दछ । दि वल्र्डकवद्वारा दि विज सम्मान विश्वव्यापी अगुवाहरुलाई विविध सेवा÷सुविधाका माध्यमबाट तिनका आर्थिकस्तर एवम् व्यवसायिक प्रतिष्ठा बढाउने अभिप्रायले स्थापना गरिएको हो ।
सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्वव्यापी रुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्विमा सहयोग पु¥याउनु रहेको छ । विश्वका १२० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका ३,००० भन्दा बढी सदस्य प्रतिष्ठान्हरुको सञ्जाल रहेको छ । यो सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय एवम् अनुसरणीय व्यवसायिक उदाहरणहरु स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धित व्यवसायहरुले निर्धारित मापदण्डलाई अनुसरण गरुन भन्ने अभिप्राय राख्दछ ।
स्वास्थ्य सेवा जस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा दि वल्र्डकबले नर्भिक व्यवस्थानलाई बधाई दिदै भविष्यमा उत्कृष्टताको सगरमाथा चुमोस भन्ने कामना समेत गरेको छ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम “ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स्”, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आइ. एस. ओ. प्रमाणीकरण पाउने नर्भिकले यसपूर्व युरोप विजिनेश एसेम्बेली, वेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, र नेपालको उत्कृष्ट इम्पोल्योयर ब्रान्ड जस्ता सम्मान प्राप्त गरिसकेको छ ।सम्मान÷पुरस्कार समारोह नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरु भएको थियो । आफ्नो स्वागत मन्तव्यका क्रममा वोल्दै चिकित्सा सेवाका गुणस्तरहरु अझै उकास्न अथक प्रयास गर्दै भविष्यमा थप अन्तर्राष्ट्रिय प्रशंसा÷सम्मान प्राप्त गर्ने लक्ष्य रहेको बताउँदै यो सम्मान केवल सुरुवाती मात्रै भएको मेघा चौधरीले बताउनुभयो ।लगत्तै वल्र्डकबका अन्तराष्ट्रिय मामला निर्देशक निकोलस कफारोले वल्र्डकव तथा यसका गतिविधिमाथि प्रकाश पारेका थिए । वल्डकबले आ–आफ्नो क्षेत्रका विश्वका उत्कृष्ट व्यवसाय तथा व्वयवसायिक व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको बताउदै नर्भिकलाई आज प्राप्त सम्मानले उसलाई अझ बढी प्रतिबद्ध, पेशवेर पार्दै यसको चिकित्सा सेवामा थप उत्कृष्टता दिएर स्वदेशी तथा विदेशी विरामीहरुलाई अझ परिस्कृत सेवा पु¥याउन सक्षम पार्ने उहाँले बताउनुभयो ।
आउँदो २ वर्षभित्र नर्भिकले थप चिकित्सा विधालाई विशिष्टिकरण गर्ने, उच्च प्रविधि भित्र्याउने, सेवाका स्त्तरलाई अझै उकास्ने, गुणस्तरीय सुधार गर्दै नर्भिकले सर्वप्रथम असमयको बुढ्यौली रोक्ने चिकित्सा र स्टेम सेल थेरापीमा हात हाल्ने नर्भिकका अन्तर्राष्ट्रिय चिकित्सा सल्लाहकार डा. एरिक ले बताए ।समारोहका प्रमुख अतिथि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चिकित्सा सेवाको उत्कृष्ट गुणस्तर कायम राख्न नर्भिकले गरेको निरन्तर प्रयास, सिद्धहस्त चिकित्सा विशेषज्ञहरुको टोली, सुसज्जित निदानात्मक प्रविधि र स्तरीय व्यवस्थापनका कारण हाल नेपालमा लगभग सवै खाले चिकित्सा उपचार सम्भव भएको बताउनुभयो । नर्भिकले यस क्षेत्रमा अगुवाको भुकिका निभाएको हुँदा यसले थप प्रगतिका खुड्किलाहरु पार गर्दै निश्वस्तरीय हस्पिटल बन्न सकोस्, नेपालीहरु उपचारका लागि विदेश धाउने होइन कि बरु विदेशीहरु तिनको उत्कृष्ट चिकित्सा उपचारका लागि नेपाल आउने वातावरण बनोस् भन्ने कामना गरे नर्भिकका कार्यकारी निर्देशक राजेन्द्र ब. सिंहले यसखाले विश्वस्तरीय पुरस्कार÷सम्मानबाट सम्मानीत हुनु केवल नर्भिक परिवारका लागि मात्रै नभएर समग्र नेपाली चिकित्सा फाँटकै लागि गौरवको विषय भएको बताए ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest