‘नवकुसुम’ ल्याएर आइन गायिका कुसुम दाहाल

Wednesday, May 30th, 2018

काठमाण्डौ ः डेनमार्क बस्दै आएकी गायिका कुसुम दाहालको एल्बम् सार्वजनिक भएको छ । दाहालले आफूले गाएका पाँच वटा गीतहरुलाई समावेश गरी ‘नवकुसुम’ नामक एल्बम् सार्वजनिक गरेकी हुन् । चर्चित संगीतकार भूपु पाण्डेद्वारा संगीतवद्ध सम्पूर्ण गीतहरुलाई पाँच भिन्न भिन्न गीतकारहरुले रचना गरेका हुन् । एल्बम्मा डा. कृष्णहरि बराल, भविन्द्र नेम्वाङ, मनोज केसी ‘समय’, पूर्णबहादुर बस्नेत र गोविन्द लम्सालका गीतहरु रहेका छन् । हालका लागि भविन्द्र नेम्वाङको गीतलाई गृष्मा भट्टराईले म्युजिक भिडियो निर्माण गरेकी छिन् । डेनमार्कलगायतका देशहरुका लागि नेपाली राजदूत युवनाथ लम्सालले आइतवार आयोजित कोपनहेगनस्थित एक समारोहमा उक्त एल्बम्को विमोचन गरेका हुन् । कार्यक्रममा एन आर एन ए का अध्यक्ष यमलाल सुवेदी, जनसम्पर्क समितिका वीरेन्द्र सिंह कार्की, विभिन्न राजनैतिक दलका भातृ एवं भगिनी संघ, संगठनहरु, विभिन्न साँस्कृतिक मञ्चहरु, पत्रकार एवं अतिथि गणहरुको उपस्थिति रहेको थियो ।एल्बम विमोचन समारोहमा गायिका कुसुम दाहालले एल्मब्मै समावेश दुई गीतहरु सुनाएकी थिइन् । गीत निकट भविष्यमै परञ्जय फिल्मस्को युट्युब च्यानलबाट हेर्न सकिने छ ।

निराजन प्रधान र आशा गौतम फिचरिङ रहेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् भने छायांकन सौरभ लामाको रहेको छ । त्यस्तै भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । डेनमार्क र नेपालका बाल मन्दिर, दरबार मार्ग र डेजाभु क्लबमा छायांकन भएको गीत निकट भविष्यमै सार्वजनिक हुने भएको छ । म्युजिक भिडियोको निर्मातामा नवराज भट्टराई रहेका छन् ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest