नवनारीद्धारा गुल्मीमा स्कुल युनिर्फम लगायतका सामाग्री वितरण

Tuesday, February 26th, 2019


फाल्गुन १३ः नवनारी मिडियाले गुल्मी जिल्लाको रुरु गाउपालिका अन्तर्गत रहेको लक्ष्मी निम्न माध्यमिक बिद्यालयका बालबालिकाहरुलाई यहि फाल्गुन १२ गते स्कुल युनिफर्म, स्कुल ब्याग, स्कुल जुत्ता र मोजा लगायतका सामाग्री वितरण गरेको थियो । त्यस्तै दुईमहिना अगाडि न्यानो कपडा सहित स्कुललको लाइवेरीका लागि आवश्यक कितावहरु प्रदान गरेको थियो भने चाडैनै लाइवेरी निर्माण गर्ने समेत योजना रहेको छ ।

नवनारीले विगत पाँचबर्षबाट गुल्मी जिल्लाका असीजना माझी बालबालिकाहरुको लागि सहयोग उपलब्ध गराउदै आएको थियो भने विगत दुइबर्षबाट उक्त स्थानमा रहेको लक्ष्मी स्कुलमा अध्ययनरत सम्पूर्ण बिधार्थीहरुको लागि सहयोग उपलब्ध गराउदै आएको छ । पाँचबर्ष बाट नै नवनारीले बाबालिकाहरुको लागि स्कुलका लागि चाहिने युनिर्फम, शुज, व्यागका साथै जाडोको लागि न्यानो कपडा, गर्मीका लागि कपडा साथै दशैका लागि लत्ताकपडा प्रदान गर्दै आएको छ । त्यस्तै उक्त क्षेत्रका विपन्न परिवारका लागि हालसम्म ५२ वटा बाख्रा प्रदान गरिसकेको छ भने यस बर्ष पनि १० वटा बाख्रा प्रदान गर्ने योजना रहेको छ ।

महिलाहरुलाई आर्थिक निर्भर बनाउनको लागि केहि समय अगाडि नवनारीले सिलाइ मेसिन समेत प्रदान गरेको थियो भने स्कुल सँगसँगै नवनारीले गुल्मीको रिमुवा स्वास्थ्य चौकीका लागि फ्रिज, ह््वील चेयर, वेड लगायतका सामाग्री प्रदान गरेको थियो ।

नवनारीको यस सामाजिक कार्यको लागि नेपाल तथा अष्ट्रेलियाका समाजसेवीहरुको पनि साथ रहदै आएको छ । त्यस्तै नवनारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा झापा जिल्लाको मेचीनगरपालिका दुवागडिमा रहेका पचास भन्दा बढी अत्यान्त न्यून आर्थिक अवस्था भएका परिवारका बच्चाहरुलाई समेत स्कुलको युनिर्फम तथा लत्ताकपडा सहयोग गर्दै आएको छ त्यस्तैे उक्त क्षेत्रको स्वास्थय चौकीका लागि आवश्यक ह््वील चेयर, औषधि राख्नको लागि रेफ्रिजेनेटरका साथै स्टेरलाइजेसन मेसिन समेत उपलब्ध गराएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest