नवनारी तीज तथा सौन्दर्य सम्मान भव्य रुपमा सम्पन्न (हेर्नुहोस फोटो फिचर)

काठमाण्डौ ःनवनारी तीज तथा सौन्दर्य सम्मान २०७५ भव्य रुपमा सम्पन्न भएको छ ।नेपालका ख्यातिप्राप्त कलाकारहरुको वीच सम्पन्न उक्त कार्यक्रममा कलाकार बसुन्धरा भुषाल,चैतेदेवी,भुवन चन्द,पूर्व मिस नेपाल उषा खडगी ,कोमल वली,राधिका हमाल,दिपा लामा,टिका प्रसाई,रञ्जीता पाण्डे लगायत एक दर्जन भन्दा वढी कलाकारले आफ्नो प्रस्तुति राखेका थिए ।
साथै नवनारीले प्रत्येक वर्ष गर्दै आएको सौन्दर्य सम्मान यस वर्ष पनि गरेको छ । सम्मानित हुनेहरुमा स्यााङजाकी व्युटिसियन दुर्गा अर्याल,व्युटिसियन तारा वस्नेत ,इश्वरी काराञ्जीत ,गायत्री शीलवाल, शारदा श्रेष्ठ ,पवित्रा श्रेष्ठ, सुस्मा रावल, फेसन डिजाइनर दिपा गौतम थापा र रमिला नेमकु रहेका छन ।उक्र कार्यक्रममा लगभग सात सय महिला दिदिवहिनीहरुको उपस्थिति रहेको थियो ।

 

Pin It on Pinterest