नवनारी, लायन्स क्लब र फोनिज द्धारा रक्तदान कार्यक्रम

Monday, July 16th, 2018

विश्व रक्तदान दिवसको उपलक्ष्यमा रत्नपार्कको शान्ति बाटिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नवनारी मिडिया प्रा.लि, लायन्स क्लब ओसिड र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ काठमाडोँको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब ६५ जना भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा काठमाडौँ महाननगर पालिकाको उप मेयर हरिप्रभा खड्गी, नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्रका निर्देशक मनिता राज कर्णिकार, फोनिज काठमाडौँ शाखा अध्यक्ष राज्यलक्ष्मी शाक्य, लायन्स क्लब अफ काठमाडौँ, ओसिड नेपालका अध्यक्ष नवराज अमात्य तथा नवनारी मिडिया प्रा.लि का प्रबन्ध निर्देशक तथा वरिष्ठ संगितकार विनोद पछाईको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest