नवलपुमा थारु महिलाले खोले सांस्कृतिक अतिथि गृह

Friday, December 14th, 2018

नवलपुरका थारु महिलाले थारु अतिथि गृह सञ्चालनमा ल्याएका छन् । पछाडि परेको थारु समुदायका महिलाहरुले नवलपुरको कावासोतीमा थारु सांस्कृतिक अतिथि गृह सञ्चालनमा ल्याएका हुन्। सानो सानो बचतबाट ठूलो लगानी गर्न सकिने र समूहमा कसरी मिलेरसमेत काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् कावासोती १५ गोडारका थारु महिला । २९ जना महिलाहरुले थारु सांस्कृतिक अतिथि गृह सञ्चालनमा ल्याएर त्यसलाई जीवीकोपार्जनसँग जोड्न सफल बनेका छन् ।

गृहमा काम बाँडफाँट गरेर मिलेर आफैंले गर्दछन् । सिंहनाथ प्रावि र दुर्गाभवानी प्राविको चार विगाहा जग्गा भाडामा लिएर तीनबाट व्लक निर्माण गरेका छन्, आवासका लागि । जहाँ ८ वटा कोठा छन् । २४ जना पाहुना अट्न सक्छन् । घरहरु खरले छाएका छन् । उनीहरुले एउटा रेष्टुरेन्ट पनि सञ्चालन गरेका छन् । रेष्टुरेन्टको भवन छुट्टै छ । एक रात बसेको खानसहित एक हजार रुपैयाँ लिने गरिन्छ ।जग्गाको भाडा वार्षिक ३५ हजार छ । गृहमा महिला दिदीबहिनीहरुको लगानी ८० लाख पुगिसकेको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest