नाचघरमा लिजा र सानुको सांगीतिक कार्यक्रम

Tuesday, May 14th, 2019

-चक्र प्रसाद पोख्रेल
काठमाडौ : खुल्ला सञ्चार र एल सि आर एल मुभीले आयोजना गरेको सांगितिक कार्यक्रममा लिजा लामा र सानु खतिवडाले बेजोड प्रस्तुतिसँगै आफ्नो गायन कलाबाट दर्शकको मन जिते ।आइतबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा नवगायिकाद्वय लिजा र सानुले सांगितिक मञ्चबाट खुकुरीलाई के थाहा, म त नेपाललाई माया गर्ने छोरी, माया लुकिलुकी, यो धारापानी लगायतका विभिन्न गीतहरु गाउँदा दर्शकहरु निकै उत्साहित भएका थिए । दुवैको यो पहिलो प्रस्तुति रहेको थियो । लिजा लामा चलचित्र निर्माता राजु लामाकी छोरी हुन् भने सानु खतिवडाले विभिन्न आधुनिक तथा चलचित्रमा गीतहरु गाईसकेकी छिन् ।

कार्यक्रममा खुल्ला सञ्चारका तर्फबाट बिकल श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सांसद पार्बत गुरुङले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरेका थिए । गुरुङले बालगायिका लिजा लामा र सानु खतिवडाको प्रतिभालाई प्रोत्साहन गर्ने प्रतिबद्धता ब्यक्त गरे । लिजा लामा अध्ययनरत सुदेशा स्कुलका प्रिन्सिपल मधुलोहनीले उनी बाल्यकालदेखि नै गायन क्षेत्रमा निकै सक्रिय रहेको र प्रस्तुतीबाट आफै अचम्भित भएको बताए । कार्यक्रममा विभिन्न चलचित्र पत्रकार, संगितकार तथा बाद्यबादन समुहका ब्यक्तित्वहरुलाई सम्मानपत्र तथा मायाको चिनो बितरण गरिएको थियो ।

चर्चित गायक रुपक डोटेल, हॉस्यकलाकार उतम केशी साथै विभिन्न कलाकार, पत्रकार, गीतकार लगायतका बाक्लो उपस्थिति रहेको थियो ।युबागायक रूपक डोटेलले बनकी चरी के भन्छे के भन्ने गित गाउँदा हलमा उपस्थित दर्शकहरु स्टेजमा नाच्नसमेत भ्याए ।जनता टेलिभिजन, काष्ठमण्डप टेलिभिजन तथा रेडियो नेशनबाट कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रम श्यामहरि शिबभक्तिले संचालन गरेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest