नायिका अनु शाहको फिटनेश

Friday, January 31st, 2020


विहानको सुरुवात कसरी गर्नुहुन्छ ?
विहान म लगभग सात बजे तिर उठ्छु, । उठे पछि म गौरीघाट बस्ने भएकीले गुह्ेश्वरी तथा कहिले कहि पशुपतिनाथ सम्म हिंड्छु, दर्शन पनि गरेर फर्कन्छु ।
डाइट प्लान कसरी गर्नुहुन्छ ?
अनुकुल मिले सम्म डाइट प्लान अनुसार नै आफ्नो खानपिनलाई निरन्तरता दिने गरेकी छु तर विदेश यात्रामा रहदा तथा घर बाहिर रहदा प्लान अनुसार चल्न अलि नमिल्ने रहेछ, भर्खरै एक महिना अष्टे«लियामा आफन्त भेटघाट गरेर फर्किए, यो एक महिना भने खानपिन अस्तव्यस्त अवस्थामा नै रह्यौ, तै पनि म सके सम्म सन्तुलित भोजनलाई प्राथमिकता दिने गर्दछु । म हल्का खाना खाने गर्छु ।
ब्रेकफाष्ट :
विहान आठ बजे तिर व्रेकफाष्ट अगाडी ‘हट लेमन विथ हनी लिने गर्छु,’ त्यस पछि नौ, साढे नौ बजेतिर कालो चिया, अमलेट, फलफूल लिने गर्छु ।
लञ्च :
लञ्चमा पहिले पहिले सामान्य नेपाली खाना खाने गर्दथे, अहिले केहि परिवर्तन गरेकी छु, वाह्र, एक बजेतिर मेरो लञ्च समय हुने गर्छ, लञ्चमा अचेल राइस लिन्न वा एकदमै कम लिने गर्छु, तेलजन्य भन्दा तेलरहित तथा उमालेका परिकार रोज्ने गर्छु, उमालेको मासु, उसिनेको अण्डा, अमालेको तरकारीहरु खाने गर्छु, उमालेका परिकार प्रायः म आफैं बनाउने गर्छु । रोटी, तरकारी पनि कहिले कहि लञ्चमा समावेश गर्ने गर्छु ।
डिनर ः:
बेलुका सामन्यतया आठ बजेतिर रोटी तरकारी र दूध खाने गर्छु, बेलुका एकदम हल्का खाना मात्र मेरो रोजाईमा पर्ने गर्छ, खाना खाएको दुई घण्टा पछि लगभग दश बजेतिर मेरो सुत्ने समय हुन्छ ।
तपाई अरुलाई फिटनेशको लागि के के टिप्स दिन चाहनुहुन्छ ?
खानपिनमा विशेष ध्यान दिनुहोस् भन्न चाहन्छु, स्वादको लागि भनेर धेरै चिल्लो, पिरो खाना नखानुहोस्, यसले स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ । अचेल धेरैको कम्प्युटरमा काम हुने भएकोले हिंडहुल र व्यायामलाई पनि समय दिनुहोस्, रातीको समयमा मासु लगायतका परिकार नखानुहोस्, कम र सजिलै पच्ने खाना मात्र खानुहोस्, राती अवेर सम्म नबस्नुहोस्, यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरुको समेत सुझाव रहेको छ । यसर्थ स्वास्थ्य नै ठुलो धन हो भन्ने सोचेर आफ्नो स्वास्थ्य अनुकुलको व्यवहार र खानपिनमा ध्यानदिनुहोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest