नायिका सञ्चिता लुइटेलको फिटनेश

Thursday, November 21st, 2019

नायिका सञ्चिता लुइटेल
विहानको सुरुवात कसरी गर्नुहुन्छ ?
विहान म सवेरै लगभग पाँच, साढे पाँच बजे तिर उठ्छु, । दुई गिलास मनतातो पानी पिउँछु, साथै म हरेक विहान एलोभेरा तथा अमला जुस सेवन गर्छु, मेरो घरबाट दश मिनेट जतिको दूरीमा पशुपति पुगिन्छ, विहान पशुपतिनाथको दर्शन नियमित गर्ने गर्छु ।
डाइट प्लान कसरी गर्नुहुन्छ ?
पोषणविद् संग परामर्श गरेर डाइट प्लान त बनाएकी छैन तर पनि म हल्का साना मात्र खाने गर्छु, कोक, फन्टा जस्ता सफ्ट ड्रिक, हार्ड ड्रिक लिन्न, यी स्वास्थ्यको लागि अनुकुल छैनन्, भन्ने बुझेकी छु, साथै माछा, मासु एकदमै कम खान्छु, बेलुकाको समयमा माछा, मासु खादिन । यिनै सामान्य योजना अनुसार मेरो खानपिन निर्भर हुन्छ । साथै नवरात्रीका नौ दिन सम्म म पानी मात्र खाने गर्छु भने विजया दशमीको दिन मान्यजनबाट टीका ग्रहण पश्चात मात्र खाना खान्छु, नौ दिन सम्म पानी मात्र खादा पनि शारीरिक थकान, भोक लाग्दैन, सामान्य दिनचर्यामा पनि सक्रिय भइरहेकी हुन्छु । श्रावण महिना, स्वस्थानी व्रत भर पनि पूर्ण शाकाहारी भोजन मात्र गर्छु, म अरु बेला शाकाहारी भोजनलाई नै प्राथमिकता दिन्छु ।
ब्रेकफाष्ट :
विहान हल्का फलफूलहरु खान्छु तर विहानै काममा निस्कनु छ भने चाहि अलि हेभी व्रेकफाष्ट लिन्छु ।
लञ्च :
घरमा हुँदा अफिस जाने मान्छेहरुको समेत समयलाई मध्यनजर गरेर विहान नौ, दश बजेको हाराहारी लञ्च खाइन्छ भने बाहिर काममा हुँदा वाह्र, एक बजे तिर लञ्च खाने गर्छु, लञ्चमा सामान्य नेपाली खाना नै मन पर्छ, दाल, भात, तरकारी, सलाद खाने गर्छु । दिउँसो चार बजे तिर हल्का फलफूलहरु खाने गर्छु ।
डिनर :
बेलुकाको खाना म अलि चाडै नै खाने गर्छु, सात बजे भित्र खाइ सकिन्छ । बेलुका सामन्यतयाः रोटी तरकारी खाने गर्छु, दिउँसो अलि हेभी खाइएको छ भने बेलुका विभिन्न भेजिटेवल मिक्स गरेर सुप मात्र खाने गर्छु । तरकारीको झोल, दालको रस र दालमा कागती राखेर खाने गर्छु ।
पानी :
म पानी अलि कम पिउनेमा पर्छु, दिनमा आठ, दश गिलास पानी पिउँछु, अलि शारीरिक श्रम परेर पसिना गएको छ भने एक, दुई गिलास बढि पिउँछु । तरकारी र दालको रसबाट पनि पानीको आपुर्ति हुने भएकोले यति पानी मेरो लागि पर्याप्त छ भन्ने लाग्छ ।
तपाई अरुलाई फिटनेशको लागि के के टिप्स दिन चाहनुहुन्छ ?
खानपिनमा विशेष ध्यान दिनुहोस्, मोटो हुदैमा पातालो हुदैमा स्वस्थ हुने होइन, कतिपयले मोटो भए भनेर कम खाने या खादै नखाने गर्छन्, भने धेरै पातलो भए भनेर बढि खाने गर्दछन्, कम, खानु र बढि खानु दुवै स्वास्थ्यको लागि घातक हुन सक्छ, शरीरलाई चाहिने विभिन्न तत्वको कमि या बढि भएर विभिन्न शारीरिक असर गर्न सक्छ, त्यसैले सन्तलित रुपमा खाना खाने गर्नुहोस् भन्ने म सुझाव दिन चाहन्छु ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest