निः सन्तान दम्पत्तिका लागी सन्तान प्राप्तिका विधिहरु

Thursday, April 18th, 2019


डा. सविना श्रेष्ठ
प्रसुति तथा स्त्री रोग एवं आई.भि.एफ. विशेषज्ञ
काठमाण्डौ फर्टिलिटी सेन्टर

विवाह पश्चात हरेक दम्पत्तिको एउटा स्वाभाविक चाहना हुन्छ कि उनीहरुको परिवारमा बच्चाको हाँसो गुञ्जियोस्, विवाह पछिको केहि समय सम्म सन्तान भएन भने परिवार, इष्टमित्र र आफन्तबाट सन्तान किन भएन ? कसरी भएन ? कि नहुने हो ? आदि प्रश्नहरु आउने गर्दछन् । श्रीमान श्रीमतीको चाहनाले नै ढिला गरेको भए त यस्ता प्रश्न सामान्य लाग्ला तर चाहदा चाहदै पनि सन्तान नभएको हो भने यस्ता प्रश्नले ती दम्पत्तीलाई झन तनाव सृजना गर्ने गर्दछ । एक तथ्याङ्क अनुसार झण्डै पन्ध्र प्रतिशत विवाहित दम्पत्तिहरुले सन्तान सुखबाट वंचित हुनु पर्दा यति राम्रो र रमाइलो संसार नै उनीहरुको निरस र उराठ लाग्दो बन्न पुगेको छ, तर विज्ञानको वरदानले अवका दिनमा भने निः सन्तान दम्पत्तिले यसलाई तनावको विषय बनाउन नपर्ने सावित गरिदिएको छ । निः सन्तान दम्पत्तिको लागी सन्तान प्राप्तिको लागी विभिन्न प्रविधिको विकास भइसकेको छ साथै काठमाण्डौको बाँसवारीमा अवस्थित काठमाण्डौ फर्टिलिटी सेन्टरबाट यी विभिन्न सुविधा लिन सकिनेछ । निःसन्तान भनेको के हो ? निः सन्तान भनेको परिवार नियोजनको कुनै पनि साधन या तरिका नअपनाई नियमित शारिरिक सम्पर्क पश्चात पनि एक वर्ष भित्रमा गर्भधारण हुन नसकेको अवस्थालाई जनाउँछ । गर्भाधारण नहुनुमा श्रीमान र श्रीमती दुवैको समान रुपमा उत्तरदायी भूमिका रहन्छ ।

श्रीमानमा हुन सक्ने कमजोरीहरु

 विर्यमा शुक्राणु संख्या वा गतिमा कमि

 विर्यमा शुक्राणु नवन्ने

 विर्यमा संक्रमण हुने

 शुक्राणुको बनावटमा खरावी

 हार्मोनमा गडवडी

 पुरुषको कुनै कारणवस सहवास प्रकृयामा असमर्थता ।

श्रीमतीमा हुन सक्ने कमजोरीहरु :-

 श्रीमतीको अण्डाशयमा अण्डा नवन्ने अथवा थुप्रै सानो सानो डिम्व बन्ने तर कुनै पनि डिम्व नबढ्ने

 स्त्रीको पाढेघरको नली पुरा बन्द भएमा । नलीमा पिप जम्नु या पानी जम्नु या नलीले अण्डा पक्डिने काम नगर्नु

 पाठेघरको झिल्ली क्षयरोग अथवा अन्य कुनै कारणले पातलो हुनु

 हार्मोनमा गडवडी

 पाठेघरको झिल्लीमा मासु बढ्नु ।

 श्रीमतीको के के परीक्षण गर्नु आवश्यक हुन्छ ?

 महिनावारी भएको दोश्रो या तेश्रो दिनमा हार्मोनको परीक्षण

 रगतको सामान्य जाँच

 भित्री अल्ट्रसाउण्डद्धारा अण्डा जाँच ।

 दूरवीन प्रविधिद्धारा पाठेघरको भित्री भाग तथा नलीको जाँच ।

 एच.एस.जी वा एस.एस( जी बाट नलीको जाँच ।

उपचारका विधिहरु :

सामान्यतयाः पचासी प्रतिशत निःसन्तान दम्पत्ति सामान्य उपचारबाट नै सन्तान प्राप्त गर्न सफल हुन्छन् । दश देखि पन्ध्र प्रतिशत दम्पत्तिलाई मात्र एडभान्स उपचार जस्तै टेष्ट ट्युव वेवीको आवश्यकता पर्दछ ।

 आर्टिफिसियल इन्सेमिनेशन टेष्ट ट्युव वेवी

 एग डोनेशन

 एम्व्रियो डोनेशन

 इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन

 मिसेन एण्ड एम्व्रियो बैंक साधारण तरिका यस प्रविधिमा महिनावारी भएको तेश्रो दिनबाट अण्डा बन्ने औषधी दिएर महिनावारी भएको नौ दिनबाट टि.एस.भी विधिबाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई भने हार्मोनको इन्जेक्सन पनि दिनु पर्ने हुन्छ । अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भाधारण गर्ने अवसर पढ्न जान्छ । आइ. यु. आई प्रविधि यस प्रविधिमा महिनावारी भएको दोश्रो दिनबाट अण्डा बन्ने औषधी दिएर महिनावारी भएको नौ दिनबाट टि.भि.एस.बाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हार्मोनको इन्जेक्सन पनि दिनु पर्ने हुन्छ । महिनावारी भएको चौध पन्ध्र दिनमा जव अण्डा फट्छ तव श्रीमानको विर्य संकलन गरी विर्यलाई मिडियामा वास गरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ । यो प्रकृया पिडादायक हुदैन । यसमा विरामीलाई अस्पतालमा भर्ना हुनुपर्ने आवश्यकता पनि पर्दैन । आई.यु, आई दुई प्रकारको हुन्छ श्रीमानको विर्यद्धारा र दाताको विर्यद्धारा । यो प्रविधि उसको लागी हो जसको श्रीमानको विर्य संख्यामा भारी कमी या शुक्राणुको अभाव हुन्छ र श्रीमान र श्रीमती दुवैको सहमति बमोजिम दाताको शुक्राणु लिएर गरिन्छ । आइ. यु. आई प्रविधिको लागी श्रमितीको कमसेकम एउटा नली भए पनि खुल्ला भएको हुनु पर्छ र पाठेघरको झिल्ली पनि स्वस्थ हुनुपर्छ ।

टेष्ट ट्युव वेवी 

यो कृतिम गर्भाधानको एक जटिल विधि हो । महिनावारी भएको दोश्रो दिनबाट दैनिक अण्डा बन्ने सुई लगाइन्छ । जव अण्डा तयार हुन्छ तव एस.सि.जी इन्जेक्सन लगाइन्छ र छत्तीस घण्टा पछि विरामीलाई बेहोस गराएर टि.भि.एस को पद्दतिबाट अण्डा निकालिन्छ । अण्डा निकाल्न भने कुनै चिरफारको आवश्यकता पर्दैन । अण्डा निकालिए पछि तीन चार घण्टा आराम गरेर घर फर्कन सकिन्छ । श्रीमतीको अण्डा र श्रीमानको शुक्रकिटलाई प्रयोगशालामा फर्टिलाइज गरेको अठ्चालिस घण्टा पछि भ्रुण तयार हुन्छ । तव भ्रुणलाई नलीको माध्यमबाट पुनः गर्भाशयमा प्रत्यारोपण गरिन्छ  । गर्भाशयमा प्रत्यारोपण गरिएको भ्रण गर्भमा सामान्य तरिकाले नै बृद्धि हुदै जान्छ र सामान्य तरिकाले नै बच्चाले जन्म लिन्छ ।

इन्ट्रसाइटोप्लाज्मिक स्पार्म इन्जेक्सन

यो प्रविधिमा अत्याधुनिक यन्त्रको सहायताले पुरुषको शुक्राणु इन्जेक्सनद्धारा सिधै डिम्वमा छिराइन्छ । जव भ्रण तष। हुन्छ तव यो भ्रुणलाई श्रीमतीको गर्भाशयमा प्रत्यारोपण गरिन्छ । विर्यमा शुक्राणु नभएको तर विजकोषमा शुक्राणु बनिरहेको छ भने यस्तोमा पुरुषको विजकोषबाट शुक्राणु संकलन गरि प्रयोगमा ल्याउने प्रविधिलाई टेसा भनिन्छ । शुक्राणुको संख्यामा भारी कमी, शुक्राणुको क्रियाशिलतामा काफी कमी, पहिले गर्भाधारण असफल भएको अवस्थामा यो प्रविधिको प्रयोग गरिन्छ । निः सन्तान दम्पत्तिको लागी यी सबै सुविधा काठमाण्डौको बाँसवारी स्थित काठमाण्डौ फर्टिलिटी सेन्टर लगायत विभिन्न अस्पतालहरुमा उपलब्ध रहेको छ । यी विभिन्न प्रविधिको प्रयोगले निःसन्तान दम्पत्तिले सन्तान प्राप्त गरि सन्तान सुखको स्वर्णिम पल प्राप्त गर्न सक्नुहुनेछ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest