निर्भिक भएर पत्रकारीता गर्छु सुशीला

Tuesday, February 27th, 2018

सुशीला पाठक, रेडियो÷ टिभी जर्नलिष्ट

१.तपाई पत्रकारिता क्षेत्रमा कसरी लाग्नु भयो ?
म पत्रकारिता क्षेत्रमै लाग्छु भन्ने सोचेको थिइन । चिनजानको भाउजुको सहयोगले एफएममा काम गर्ने मौका पाए । अभ्यासपछि रेडीयोबाट समाचार भन्न थाले ।
२.पत्रकारिता पेशा कतिको सजिलो पेशा हो ?
पत्रकारिता पेशा आफैमा चुनौती पेशा हो । त्यसमा पनि महिला भएर काम गर्दाको अवस्थामा अझै सर्तकता अपनाउनु पर्छ । पितृसत्तात्मक सोच भएको समाजमा महिलाहरुले पत्रकारीता गर्दा विभिन्न झन्झट खेप्दै रातदिन, बिहानसाँझ, हावाहुरी, घामपानी केही नभनी काम गर्नुपर्ने हुन्छ । समाचार लेखनको क्रममा विभिन्न प्रकारका थ्रेट आउँछन् तर निर्भिक भएर पत्रकारीता गर्छु ।
३ तपाईले व्यवसायीक कार्यका साथै घरको कामकाज पनि हेर्नुहुन्छ होला, समय कसरी मिलाउनु हुन्छ ?
पत्रकारको काम गर्ने कुनै समय हुँदैन । म आफ्नै काम विशेषले कही जाँदापनि वरपर केहि घटना घट्यो भने आफ्नो कामसँगसँगै त्यो घटनाको खबरलाई सबैभन्दा पहिले अपडेट गर्नुपर्ने हुन्छ । अर्कातिर पुरुष पत्रकारहरुलाई भन्दा महिलालाई आफ्नो घरपरिवार व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता छ । समय मिलाउने जुन कुरा यहाँले गर्नुभयो । मलाई त्यत्ति अप्ठयारो छैन किनभने मैले अन्य घरायसी काम त्यत्ति गर्नुपर्देन । तर समग्र महिलाको कुरा गर्दा भने समय व्यवस्थापन गर्न गाह्रै हुन्छ ।
४ मोफसलमा पत्रकारहरुको पिडा धेरै नै सुनिन्छ ? अझै व्यवसायिक र परिपक्व हुन सकेका छैनन् ? किन होला ?
अवश्य नै मोफसलमा पत्रकारहरुको पिडा धेरै नै छन् । अझै पनि कतिपय पत्रकारहरुले समयमा तलब नपाउने, पाए पनि न्युनतम तलबमा काम गर्नुपर्ने अवस्था छ । पत्रकारहरुले समयसापेक्ष आफूलाई परिष्कृत गर्नुपर्छ । अध्ययन गर्ने बानी बसाल्नु पर्छ । अहिलेको समय प्रविधिको युग हो आफूलाई सोही अनुसार व्यवस्थापन गरी सक्षम भएमा मिडियाहरुमा कामपनि पाइन्छ र तलब पनि ।
५ पत्रकारितामा आउन चाहने महिलाहरुलाई के भन्न चाहनु हुन्छ ?
झट्टहेर्दा आकर्षक देखिएपनि पत्रकारिता त्यत्ति सजिलो छैन । कोहि महिला साथी आउन चाहनुहुन्छ भने कामलाई निरन्तरता र स्थायीत्व दिने गरी आउनुहोस् । आज आयो भोलि हरायो भन्ने प्रकारले होइन । जस्तोसुकै अवस्थामा पनि पत्रकारिता गर्छु भन्ने अठोट गरी आफूलाई ढाल्दै गएमा नाम चलेको पत्रकार बन्न सक्नुहुन्छ ।
६ तपाईका शोखहरु के के छन् ?
मलाई अध्ययन गर्न बढि मनलाग्छ । पढ्न बस्दा समय कटेको थाहै पाउँदिन । नयाँ कुराहरु सिक्न र जान्न उत्सुक हुन्छु । आश्रममा बस्दै आएका ज्येष्ठ नागरिक, बालक, अशक्त र विपन्नहरुलाई सहयोग गर्न मन लाग्छ ।
प्रस्तुती ः अनुज सापकोटा
विराटनगर

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest