निर्मलाका आमाबुवाले प्रधानमन्त्री संग पोखे गुनासो

Monday, September 17th, 2018

बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका बुबा आमाले प्रधानमन्त्रीलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले निर्मलाकी आमा दुर्गादेवी, बाबु यज्ञराज पन्तसँगै सुदुरपश्चिमका नेता तथा अधिकारकर्मीहरुसँग भेट गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटको शुरुवातमा निर्मलाकी आमा दुर्गादेवीले घटनाबारे जानकारी गराएकी थिईन्। प्रधानमन्त्री ओलीले उहाँहरुलाई सान्त्वना दिदै भन्नुभयो, दोषीको छिटो भन्दा छिटो कार्बाही हुन्छ ,तपाईहरु विश्वस्त हुनुहोस् । यो तपाईको मात्र समस्या नभई हामी सबैके समस्या हो प्रधानमन्त्री ओलीले भने । घटनाको छानविनका लागि सरकारले गठन गरेको समितिलेले सुरुमा धोका दिएको कारण पनि घटना लम्बिएको भए पनि घटनाको सत्य तथ्य बाहिर ल्याउछौँ उनले भने ।

प्रधानमन्त्री ओलीले अपराधी अदालतबाट नउम्किने गरि यथार्थ ल्याउनु पर्ने बताउनुभयो । ‘आखिरी छानविन त राज्यले गर्ने हो । राज्य गम्भिर छ । राज्यले छानविन गहिराइसम्म पुगेर गर्छ’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीसँगको भेटमा निर्मलाका बाबुआमासँगै प्रदेश ७ का नेता भीम रावल, विना मगर, लेखराज भट्ट, निरु पाल, दिलेन्द्रप्रसाद बडु, एनपी साउद, रमेश लेखक लगायत सहभागि थिए ।

(देउडा गायक यज्ञराज उपाध्यायको प्रेमकहानी पनि हेर्नुहोस)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest