निर्मलाको न्यायको लागि काठमाडौंमा प्रदर्शन, दोषीलाई कार्बाही गर्न माग

Saturday, August 25th, 2018

कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने दोषीलाई कार्वाहीको माग गर्दै आज राजधानीमा विरोध प्रदर्शन गरिएको छ । घटनाको महिना दिन बितिसक्दा समेत दोषीको सही पहिचान हुन नसकेको भन्दै अधिकारकर्मी, विद्यार्थी, सर्वसाधारणहरुले विरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको विरोध जुलस नयाँ बानेश्वर पुगेर समापन भएको थियो । नयाँ वानेश्वरमा पुगेका प्रदर्शनकारीले बलात्कारीलाई फाँसीको व्यवस्था हुनुपर्ने भन्दै नारावाजी समेत गरेको अधिकारकर्मी साबित्री सुवेदीले जानकारी दिइन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest