निर्मलाको प्रमाण नष्ट गर्ने प्रहरीविरुद्ध जाहेरी

Tuesday, December 18th, 2018

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषलाई कडा यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै आमा दुर्गादेवी पन्तले प्रहरीमा जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निर्मलाकी आमा दुर्गादेवी र दिलीप विष्टका दाइ खड्ग विष्टले जाहेरी दिएका हुन् ।

बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्ट, प्रहरी इन्स्पेक्टर जगदीश भट्ट, डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठीलगायतका प्रमाण नष्ट गर्न सहयोग गर्ने सबै प्रहरीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका हुन् । खड्ग विष्टले निर्दोष भाइलाई यातना दिइएको भन्दै यातना दिनेविरुद्ध जाहेरी दिएका हुन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest