निर्मलाको बलात्कारपछि हत्याको विषयलाई लिएर कञ्चनपु बन्द

Tuesday, October 2nd, 2018

रघुनाथ पुजारा,
कञ्चनपुरः –निर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चनपुर बन्द गरेको छ ।
निर्मला पन्तको न्यायको मागका लागि आफूहरुले एकदिनका लागि नेवि संघ कञ्चनपुरका जिल्ला सदस्य तेजबहादुर साउँदले बताए । उनले केन्द्रीय निर्देशनअनुसार आफूहरुले मंगलबार कञ्चनपुर बन्द गरेको बताउनुभयो । बन्दका कारण बिहानैबाट सवारीसाधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि सोमबारबाटै बन्द छन् ।यस्तै, नेवि संघको आह्वानमा सहमति जनाउदै उद्योग व्यवसायीले पनि बजार व्यवसाय बन्द गरेका छन् । बन्दका कारण भारतमा मजदूरी गरी दशै तिहारका लागि घर फर्किदै गरेका मजदूर मर्कामा परेका छन् ।
निर्मलाको बलत्कारपछि हत्याको विरोधमा कञ्चनपुरलगायत देशैभर दुइमहिनादेखि आन्दोलन जारी छ । तर, सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै त्यसको विरोध भइरहेको छ । यता, सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest