निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । अधिकारकर्मीले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् । महिला अधिकारकर्मी सावित्री सुवेदीको नेतृत्वमा महिलाहरुले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् । सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
घटना भएको ७० दिन नाघिसक्यो । हामी दोषीलाई चिन्न चाहान्छौं । मुख्यमन्त्री लगायत प्रदेश सरकार भने दोषी पत्ता लगाउने तर्फ खासै चासो दिइरहेको छैन’ अधिकारकर्मी सुवेदीले भनिन्, ‘न्यायका खातिर अब महिलाहरु चुप लागेर बस्नु हुन्न ।’