निर्मला हत्याकाण्डका दुई शंकास्पदको डीएनए केहि घण्टामा आउदै

Sunday, December 9th, 2018

काठमाडौं ः निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट केहि वेरमा आउन सक्ने नेपाल प्रहरीले जनाएको छ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट अबका केहि घण्टामा आउन सक्ने प्रहरी स्रोतले जनाएको हो ।
घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) स्रोतले भन्यो, ‘सम्भवतः अबका केहि घण्टामा रिपोर्ट आइसक्छ । चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नु पर्ने हुन्छ । तर, त्यहाँबाट अनुमति लिएर यहीँ खोल्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’
यसअघि १७ मंसिरमा अभद्र व्यवहार गरेको अरोपमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले रावलमाथि मुद्दा चलाएको थियो । त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा उनले आफ्नो संलग्नता स्वीकार्दै थप दुई जनाको नाम लिएको प्रहरीले दाबी गरेको थियो ।जसको आधारमा कञ्चनपुरस्थित सालघारीका विशाल र दिनेश चौधरीलाई पक्राउ गरिएको दाबी प्रहरीको थियो । तर, पछि दिनेशको घटनामा संलग्नता नरहेको भन्दै उनलाई छाडिएको थियो । सीआईबीका एक अनुसन्धान अधिकारी भन्छन, ‘घटनामा संलग्न एक जना अझै खोजीरहेका छौं ।’

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest