निर्मला हत्या प्रकरणमा शंकास्पद रहेका प्रदीप रावल पनि छुटे

Wednesday, December 26th, 2018

निर्मला हत्या प्रकरणमा पछिल्लो पटक मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका युवा प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसनधान ब्यूरो सीआईबीले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।

उनले बयानमा निर्मलाको हत्यामा संलग्न भएको बताएको प्रहरीले दाबी गरेको थियो । यसअघि रावलको बयानका आधारमा नियन्त्रणमा लिइएको भनिएको अर्का युवा विशाल चौधरी पनि छुटिसकेका छन् । उनले प्रहरीले धम्की दिएर आरोप स्वीकार्न लगाएको दाबी गरेका थिए । यद्यपि, निर्मलाको भजाइनल स्वावसँग उनको डीएनए मेल नखाएको प्रहरीले नै बताएको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest