निर्मला हत्या प्रकरण : चुरोट तान्न दिँदै बयान लिन थालियो

Friday, December 7th, 2018

निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

रावललाई चार दिनअघि नियन्त्रणमा लिइएको हो । लागु औषध दुर्व्यसनी भएकाले रावललाई चुरोट तान्न दिएर बयान लिने गरिएको छ । स्रोतका अनुसार चुरोट नतानेसम्म उनी बोल्न सक्दैनन् । नागरिक दैनिकबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest