निलमको टोपी पछि कालो कोटमा भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

Saturday, November 3rd, 2018

  चक्र प्रसाद पोख्रेल ,
काठमाडौं ःसंगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीत ‘कति सुहायो यो कालो कोटमा’को भिडियो सार्वजनिक भएको छ । उनकै शब्द, संगीत र स्वर रहेको गीतमा गायक सुरेश लामाले समेत स्वरमा साथ दिएका छन् । संगीतकार निलमले नयाँ गीतलाई पुर्वेली लोक–फ्लेवरमा ढालेकी छन् । यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राईले निर्देशन गरेका हुन् । गीतमा दक्षकुमार राई, कला राई, पवन पाठकलगायतका कलाकारले अभिनय गरेका छन् ।युवराज राईको छायांकन रहेको गीतलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । दीक्षा प्रोडक्शनले निर्माण गरेको यस भिडियोलाई निलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest