फाइल फोटो
काठमाडौ : धेरै वर्ष अगाडिदेखी नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइदै आएको छ। आज पनि नुवाकोटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाइँदै छ ।
गाउँमा विभिन्न ठाउँमा छरिएका गोरु जुधाइ परम्परालाई तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाइको रौनक छाएको छ । तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै आज माघे सङ्क्रान्तिका दिन नुवाकोटका ६ ठाउँमा गोरु जुधाइँदैछ ।
तारकेश्वर गाउँपालिकाको तारुका, विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातविसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाइँदै छ ।
तारुकामा २१ हल, बेत्रावतीमा ११ हल, घले भञ्ज्याङमा ८ हल, सातबिसेमा ४ हल, कट्टीछापमा २ हल र शेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाउनको लागि स्थानीय मेला आयोजक समितिमा गोरु धनीहरुले गोरु दर्ता गराएको आयोजकहरुले जनाएका छन् ।