नेपालकै होची कल्पना

Wednesday, April 25th, 2018

सोनी लिम्बु,
धरान ः सुनसरीको प्रकाशपुरकी १७ वर्षिया किशोरी कल्पना कविरथ नेपालकै होची भएको दाबी गरिएको छ ।
बराहक्षेत्र ९ प्रकासपुरको जुँगेचौक स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाई २९ इन्च मात्र रहेको छ । प्रकासपुर डोबर इंगलीस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत उनी पढाइमा समेत अब्वल रहेकी छन ।कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्तजनहरुले उनको उचाई २९ इन्च मात्र रहेकाले उनि नेपालकै होची रहेको दाबी गरिरहेका छन । होची कल्पनाको पढ्ने रहरका कारण पढाईलाई निरन्तरता दिदै आएको बताउछिन । पढ्ने इच्छा भएको कारण विद्यालय आउन सहयोगी लिएर साईकलमा आउने गरेको उनले बताइन।
पढाईमा अब्वल रहेकी कल्पना होचो कद र परिवार सामान्य रहेका कारण विद्यालयले उनलाई निशुल्क रुपमा पढाईरहेको विद्यालयका निर्देशक रविन घिमीरेले जानकारी दिए । शरीर होचो रहेकाले लामो समयसम्म हिँड्नडुल् गर्न असहज हुने उनका आफन्त बताउँछन । सामान्य परिवारमा जन्मिएकी कल्पना बावुआमाका अन्य सन्तान भने सामान्य छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest