नेपालको झण्डा र भ्रमण वर्षको लोगो अब विश्वभरका अग्ला टावरमा फहराइने

Sunday, December 29th, 2019

काठमाण्डौ :नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिएकाछन । मन्त्री भट्टराईले यसको संयोजन गर्ने गैरआवासीय नेपाली सङ्घ ९एनआरए० अध्यक्ष कुमार पन्तलाई धन्यवाद पनि दिएकाछन ।

यसअघि संविधान दिवसको दिन संसारकै अग्लो यूएईको बुर्ज खालिफा टावरमा नेपालको झण्डा फहराइएको थियो । उनले अहिले १४ देशका अग्ला टावरको पक्का भएको र बाँकीको लागि पनि तयारी भैरहेको बताए ।मन्त्री भट्टराईका अनुसार निम्न सहरका अग्ला टावरमा नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो फहाराइनेछ ।सिड्नी(अस्ट्रेलिया, वेलिङ्टन(न्युजिल्याण्ड, टोक्यो(जापान, सियोल(दक्षिण कोरिया, दोहा(कतार, यूएई(दुबई, हङकङ, म्युनिख(जर्मनी, ब्रसेल(बेल्जियम, बेलायत(लण्डन, न्यु(योर्क अमेरिका, डब्लिन(इरेल्याण्ड, टोरन्टो(क्यानडा र शिकागो(अमेरिका ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest