नेपालगञ्जमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी

Monday, March 25th, 2019

 


महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा राणाले महिलाले जस्तोसुकै काम गर्न सक्ने भन्दै उनीहरुको प्रोत्साहन र सहकार्यका लागि आफु सँधै तत्पर रहेको पनि बताए ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले महिलाहरुद्वारा उत्पादित वस्तुहरुको बजारीकरण, सहुलियत दरमा ऋण प्रदान तथा साना उद्योग प्रवद्र्धनको लागि तीनै तहका सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताइन् । व्यवसायको प्रवद्र्धनको लागि बजारको सम्भावना पनि खोजी हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बाँके जिल्लाका उत्कृष्ट महिला उद्यमीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा मनकामना टायल, स्टोन तथा झ्याल ढोका उद्योगका मिना गौडेल, लुम्बिनी गारमेन्टका काली मिया, पंचशिल हस्तकला केन्द्रका निरु चौधरी र अगुवा महिला उद्यमी आशा सार्की रहेका छन् । मेला चैत १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
मेलामा महिलाले सञ्चालन गरेका उद्योगबाट उत्पादित वस्तु, खानाका परिकार, हस्तकला सामाग्री, कृषि उत्पादन लगायत राखिएको छ । महिलाहरुले आफै उत्पादन गरेका ४० वटा स्थल रहने आयोजकले जनाएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest