नेपालमानै मेहन्दी उत्पादन गर्दैछौं लक्ष्मी ठाकुर

Tuesday, March 6th, 2018

लक्ष्मी ठाकुर
लक्ष्मी हेयर एण्ड व्युटि स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर

तपाईंले यो व्युटि स्टुडियो शुरु गरेको कति वर्ष भयो ?
लक्ष्मी हेयर एण्ड व्युटि स्टुडियो शुरु गरेको १८ बर्ष पुरा भयो ।
शुरुमा कहाँ सिक्नु भयो र अहिले शाखा कतिवटा छन् ?
शुरुमा मुम्ंवईको जावेद हविवमा सिकेर त्यहि काम पनि गरे । त्यसपछि यहि सम्बन्धि फेरी तालिम लिएँ । आफु यसमा सक्षम भएपछि काठमाडौं आएर चक्रपथमा आफैले स्टुडियो खोलेको हँु । म शाखा विस्तार गर्ने पक्षमा पहिला थिईन तर ग्राहकको माग अनुसार लक्ष्मी हेयर एण्ड व्युटि स्टुडियोलाइ पछि कोटेश्वर र पुल्चोकको भाटभटेनीमा पनि शुरु गरेको हँु । खोल्ने लक्ष्य एउटा मात्रै थियो तर ग्राहकको माग अनुसार तिन ठाउँमा खोलेको छु ।
यहाँ कस्ता कस्ता र कुन बर्गका मानिसहरुले सर्भिस लिन सक्छन् ?
सलुनमा दिइने जति सर्भिसहरु हुन्छन् ती सवै गरिन्छ । हेयर, व्युटि र मेकअप तिन वटा पाटहरु हुन्छन् त्यसमा पनि प्रिमियम क्वालिटिमा सवै सर्भिसहरु हुन्छ । मध्यम वर्ग देखी उच्च वर्गका मानिसले सेवा लिन आउनुहुन्छ ।
लक्ष्मी हेयर एण्ड व्युटि स्टुडियोलाइ नै ग्राहकले किन राज्ने त ?
लक्ष्मी हेयर एण्ड व्युटि स्टुडियोलाई रोज्नुको कारण गुणस्तर सर्भिस, सक्षम कर्मचारि, पारिवारिक वातावरण र हाईलि हाइजिन मेन्टेन र सर्भिस राम्रो भएको कारणले गर्दा नै हो जस्तो लाग्छ ।
ग्राहकहरुको चाहना कस्तो पाउनुभएको छ ?
हरेकको इच्छा र चाहाना फरक छन्् । मिडियाको माध्यमले सवैलाई थाहा छ आफु कसरी राम्रो र परफेक्ट हुने भन्ने । ग्राहकले क्वालिटि सर्भिस चाहन्छन् । सर्भिस भनेको कहिले पनि सेन्टिमेन्टले हँुदैन । मलाई यो राम्रो लाग्छ त्यो राम्रो लाग्छ नभई ग्राहकको लागि के ठिक होला त्यो सोच्नु पर्छ ।
अबको तपाईको योजना के छ ?
एक चोटी लक्ष्मी सलुन आएर सर्भिस लिनुहोस् र कस्तो हुन्छ प्रतिक्रिया दिनुहोस् भन्न चाहन्छुु । अहिले सम्म जतिपनि मेरो ग्राहकहरु हुनुहुन्छ उहाँहरु पनि मेरोमा सर्भिस मनपराएर आईदिनु हुन्छ । म धन्यवाद दिन चाहान्छु जसले सेवा लिएर मन पराइदिएर लक्ष्मी सलुनलाई यहाँ सम्म पुर्याईदिनु भयो । नयाँ आउनेलाई त्यो साच्चीकै कस्तो छ हेर्नुस् र प्रतिक्रिया दिनुहोस् भन्न चाहन्छु । अबको नयाँ योजना भनेको नेपालमै अर्गानिक मेहेन्दी उत्पादन गर्नु हो । जुन हामीले एक बर्ष देखी यसलाई परिक्षण गरिराखेका छौ । जति पनि हाम्रा आफ्ना क्लाइन्ड र हस्पिटलहरु छन् त्यसमा दिएर निरीक्षण गरीरहेका छौ । यो मेहेन्दी पहिलो पटक नेपालमै उत्पादन गरेर नेपाल भारत लगायत मेहेन्दि युज गर्नेहरु धरै मात्रामा छन् र केमिकल युज गर्न बाट बचाउनु हाम्रो योजना रहेको छ ।
प्रस्तुतिः विष्णु वास्कोटा

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest