नेपालमा महिला उद्यमशिलताको गति बढ्दो क्रममा रहेको छ

Tuesday, September 10th, 2019

देविका बुढाथोकी
अध्यक्ष, नेपाल उद्यमशिल महिला महासंघ

नेपाल उद्यमशिल महिला महासंघको अध्यक्षको दुई वर्षको कार्यवधि कस्तो रह्यो ?
तीन वर्षको कार्यकालको अन्तिम वर्ष चललिरहेको छ । दुई वर्षको कार्यवधि सन्तोषजनक रहेको छ । संगठन विस्तार, महिला साक्षरता, सक्षमता, आत्मनिर्भरताका कार्यमा व्यस्त भइयो । पछिल्लो समय संगठन विस्तारको लागी पनि उत्तिकै सक्रियता बढेको छ । मेरो कार्यकालमा संगठन विस्तारको काम सकाउने गरि काम गरेकी छु, ४२ जिल्लामा सकिएको छ, बाँकी जिल्लामा काम भइरहेको छ ।
अन्य संस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ ?
नेतृत्व सम्हाल्ने कार्य निकै कठिन र चुनौतीपूर्ण कार्य हो । धेरै संघसंस्थामा आवद्ध भएमा संस्थालाई नेतृत्व दिन कठिनाई पर्ने भएकाले नेतृत्वको हैसियतमा नेपाल उद्यमशील महिला महासंघमा मात्र आवद्ध रहेकी छु ।
नेपाल उद्यमशील महिला महासंघले उद्यमशिल हुन चाहने महिलाहरुलाई कसरी सहयोग गर्छ ?
विभिन्न तरिकाले उद्यमशिल बन्न चाहने दिदी बहिनीलाई हामीले सहयोग गरिरहेका छौं, आँफू संग भएको श्रोतसाधान प्रयोगमा हामी प्राथमिकता दिने गर्दछौं, सोही अनुरुप जुन जिल्लामा जे उपलब्ध रहेको छ त्यसैलाई आधार मानेर तालिम संचालन गर्ने गर्दछौं, उद्यमशिल बन्ने चाहना राख्ने महिला दिदी बहिनीहरुले महासंघको जिल्ला, नगर र केन्द्र सम्म सम्पर्क गरेर सहयोग लिन सक्नुहुन्छ ।
नेपालमा महिलाहरुको उद्यमशिलताको गति कस्तो पाउनु भएको छ ?
नेपालमा महिला उद्यमशिलताको गति जति सुनिन्छ त्यो गतिमा नभए पनि पहिलाको तुलनामा अलि बढेको चाहि छ र बढ्ने क्रममा रहेको छ ।
कतिपय महिलाहरु घरबाट बाहिर निस्केर केहि गर्न चाहन्छन्, उनीहरुको आत्मविश्वास बढाउन के गर्न सकिएला ?
महासंघको तर्फबाट विभिन्न कार्यहरु गरिरहेका छौ, समिति र संगठन विस्तार गरेर पनि हामीले महिलाहरुको क्षेत्रमा काम गरिरहेका छांै, हाम्रा जिल्ला तथा नगरमा रहेका निकाय संग जोडिएर काम गरांै । हामीले सकेको सहयोग गर्न हामी सधंै तत्पर रहेका छौं ।
महिला उद्यमशिलता विकासमा सरकारले गर्नु पर्ने कामहरु के के हुन् ?
सरकारले गर्नु पर्ने काम र कुरा धेरै छन् । उद्यमशिला विकासका लागी नीतिको नै अभाव रहेको छ । सरकारले उद्यमशिलताको लागी छुट्टै नीति निर्माण गर्नु पर्दछ । उद्यमशिलता र नेपाललाई अघि बढाउन घरेलु उद्योग नै महत्वपूर्ण रहन्छ, जसको लागी नीति निर्माणको अत्यन्त आवश्यकाता बोध भएको छ । स्थानीय निकायमा कानून निर्माण गर्दा पनि उद्यमसिशलता विकासलाइ लक्षित गरेर बनाउनु जरुरी छ ।
महिला उद्यमशिलताको लागी अन्य चुनौतीहरु के के देख्नु भएको छ ?
विविध चुनौतीहरु छन् तर चुनौतीलाई चिरेर अगाडी बढ्न सक्नु पर्छ, चुनौतीलाई चुनौतीकै रुपमा राख्न हुदैन भन्ने मेरो मान्यता हो ।
यहाँ आँफू चाहि कुन व्यवसायमा संलग्न हुनुहुन्छ ?
मैले बाल्यकाल देखि गर्दै आएको व्यवसाय बुटिक व्यवसाय हो । १२ वर्षको उमेर देखि म यहि व्यवसायमा छु । यहि व्यवसाय अगाडी बढाउने क्रममा नै यो नेतृत्व सम्म आइपुगेकी छु ।
आफ्नो व्यवसायको लागी परिवारको कस्तो सहयोग पाउनु भएको छ ?
म यो व्यवसायमा सफल हुनुमा परिवारको ठुलो देन रहेको छ, पर्याप्त पारिवारिक सहयोगले नै म सफल भएकी हुँ ।
अन्त्यमा केहि ?
सम्पूर्ण दिदी बहिनीहरुलाई उद्यमशिलतामा लाग्नु पर्छ, आत्मनिर्भर भएमा नै परिवार चलाउन सहज हुन्छ, सबैले काम गर्नु पर्छ, मेहनती बन्नु पर्छ, सक्षम बन्नु पर्छ भन्न चाहन्छु ।
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest