नेपालमा १६ वटा सुरुङमार्ग अध्ययनको चरणमा

Monday, October 21st, 2019

काठमाडौं : नेपाल डाडैडाँडाले बनेको देश भएकाले सडकमार्ग सुरक्षित र भनेजस्तो बनाउन सकिएको छैन ।हालसडक मार्गलाई छोट्याउन र सहज बनाउन नेपालमा सुरुङमार्ग बनाउने काम अगाडि बढाइदैछ । जुन सरकाकरको महत्वपूर्ण तथा स्वागत योग्य काम मानिनछ ।नेपालमा पहिलोपटक राणाहरुले १०३ वर्षअघि मकवानपुरको अमलेगञ्ज–हेटौंडा सकडखण्ड अन्तर्गत चुरियामाईमा करिब ७ सय मिटरको सुरुङमार्ग बनाइएका थिए जु हाल बनाएको भग्नावशेषमा परिणत भएको छ ।

सन् १९१७ पछि नेपालमा यो प्रविधिलाई कसैले पनि निरन्तरता दिएनन । तर, लामो समयपछी सरकारले आज काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा नँया स्ुरुङमार्ग बनाउन सुरुआत गर्दैछ ।

जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋणमा बनाउन लागिएको सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गर्नेछन । योजनाअनुसार काम भए जापानी कम्पनी हाज्मा आन्दो जेभीले साढे ३ वर्षमा यो सुरुङमार्ग सरकारलाई हस्तातरण गर्नेछ र, नागढुंगाको जाम हट्नेछ ।र, योजनाअनुसार काम भयो भने सिस्नेखोला–सतुंगल सुरुमार्ग टनेल प्रविधिको सुरुवात मात्र हुनेछ ।

किनकी यसबारे काठमाडौं निजगढ द्रुतमार्गका तीन सहित १६ वटा सुरुङमार्ग अध्ययनका चरणमा छन् ।

नेपाली सेनाले निर्माण जिम्मा लिएको द्रुतमार्गमा तीन वटा सुरुङ बनाउन टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ । भदौ पहिलो साता स्वीकृत डीपीआरअनुसार महादेवडाँडामा ३।३५५ किलोमिटर, धेद्रेमा १।६३० किलोमिटर र लेनडाँडामा १।४३० किलोमिटर लामो सुरुङ बनाइनेछ ।

असोज चौथो साता चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट चिनियाँ नाका रसुवासम्म जाने सडकमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको छ । यो समझदारीअनुसार टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी ९घट्टेखोला० सुरुङमार्ग बनाउन अध्ययन गरिनेछ ।

चिनियाँ प्राविधिक नेपाल आएर अध्ययन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजेश्वर ज्ञावालीले जानकारी दिए । टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी ९घट्टेखोला० करिब २४ किलोमिटरको सुरुङ बन्ने अनुमान छ ।

सडक विभागले पनि विभिन्न स्थानमा सुरुङमार्ग बनाउन अध्ययन गर्दैछ । ‘सुरुङमार्ग विकास कार्यक्रम’ नै बनाएको विभागले अध्ययनका लागि मात्र यो वर्ष ५९ करोड रुपैयाँ बजेट छुट्याइएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग बनाउन स्वीस सरकारले अध्ययन सकाएर रिपोर्ट दिइसकेको छ । अब स्रोत जुटाएर १।२४ किमि लम्बाइको यो सुरुङमार्ग बनाउन थाल्ने योजना बनेको विभागका प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘अब छिट्टै यसको निर्माण थाल्न सकिनेमा विश्वस्त छौं ।’

स्वीस सरकारले नै गणेशमानसिंह मार्गमा पर्ने थानकोट–चित्लाङ सुरुङमार्गको पनि अध्ययन गरिरहेको छ । मकवानपुरको थाहा नगरलाई जोड्ने यो सुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जाने त्रिभुवन राजपथको दूरी छोटिनेछ ।

यस्तै पूर्व–पश्चिम राजमार्गको नवलपरासीको दाउन्ने उकालो, पोखरा–बागलुङ राजमार्गको हेम्जा–नयाँपुल, कुलेखानी–भीमफेदी र बेत्रावती–रसुवागढी ९घट्टेखोला० सुरुङमार्गको पूर्वसम्भाब्यता अध्ययन रिपोर्ट आइसकेको छ ।

खुर्कोट–सिन्धुली, दोलखाको लामाबगर र टोखा–छहरे–गुर्जुभञ्ज्याङको सुरुङमार्गको पनि प्रारम्भिक चरणको अध्ययन सकिएको छ ।

बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्ड पनि सम्भाब्य सुरुङमार्गको अध्ययन गर्ने भनेर छानिएको छ । यो सुरुमार्गको अनुमानित लम्बाई ५ देखि साढे ६ किलोमिटर छ । यो खण्डमा सुरुङमार्ग बनाउँदा घुम्तीयुक्त र दुई लेनमा पनि विस्तार गर्न नसकिने खण्डलाई सुरुङले कभर गर्नेछ ।

दोलखाको लामाबगरमा बन्ने सुरुङमार्ग साँढे १ देखि साढे ३ किलोमिटरहको हुनेछ । यो सुरुङमार्ग तामाकोसी आयोजना रहेको स्थानभन्दा पारिबाट उत्तरदक्षिण लोकमार्गलाई लक्षित गरी बनाउन लागिएको हो ।

नवलपरासीको दाउन्नेमा बन्नेसुरुङमार्ग ५ देखि ६ किलोमिटरको हुने अनुमान छ । अप्ठ्यारो भूगोलमा कारण बुटवल–नारायणगढ सडकखण्ड ४ लेनको बनाउँदा यो खण्डमा तीन लेनमा मात्रै विस्तार गर्न लागिएको छ । यो अप्ठ्योरो उकालोमा सुरुङ बनाउने योजना बनाइएको हो । पोखरा–बागलुङ सडकमार्गको हेम्जा–नयाँपुल सुरुङमार्ग ७ देखि साढे ८ किमिको हुने अनुमान छ ।

कुलेखानी–भीमफेदी सुरुङमार्गको लम्बाइ भने ३ किलोमिटरभन्दा बढी हुनेछ । काठमाडौंबाट कुलेखानी हुँदै हेटौंडा जाने सडकको यो खण्ड विस्तारका लागि भौगोलिक कठिनाइ रहेकाले सुरुङमार्गको योजना अगाडि सारिएको हो, जसलाई बनाउन प्रदेश ३ सरकारले पनि चासो देखाएको छ ।

कोटेश्वरको जाम कम गर्न काठमाडौंमा कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने जापानले अध्ययन गरिरहेको छ । काठमाडौंको बानेश्वरमा अन्डरपास तथा कैलालीको खुटिया–बीपीनगर–दिपायल खण्ड र ललितपुरको गोदाबरी–काभ्रेको मानेचौर जोड्ने सुरुङमार्गको पनि विभागले अध्ययन गर्दैछ ।

निजी क्षेत्रले अघि सारेको हेटौंडा–काठमाडौं सुरुङमार्ग भने लगानी जुटाउन नसकेर अलपत्र जस्तै भएको छ ।

अध्ययनमा रहेका सुरुङमार्ग

१।सिद्धबाबा

२।थानकोट–चित्लाङ

३।कुलेखानी–भीमफेदी

४।कोटेश्वर–जडीबुटी

५। टोखा–छहरे–गुर्जुभन्ज्याङ

६। नयाँ बानेश्वर अन्डरपास

७। बेत्रावती–स्याफ्रुबेसी ९घट्टेखोला०

८। गोदाबरी–मानेचौर

९।बुटवल–नारायणगढको दाउन्ने उकालो

१०।कैलालीको खुटिया–बीपीनगर–दिपायल

११।हेम्जा–नयाँपुल

१२।दोलखाको लामाबगर

१३। खुर्कोट–चियाबारी

१४। फास्ट ट्रयाक महादेवडाँडा धेद्रे र लेनडाँडा

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest