नेपाली सेनाको रणभैरव गणले महिनावारी भएका महिलालाई सात दिनसम्म मूल गेटबाटै प्रवेशमा निषेध

Wednesday, August 15th, 2018

काठमाण्डौ ःराजधानीको हनुमानढोकास्थित नेपाली सेनाको रणभैरव गणले महिनावारी भएका महिलालाई सात दिनसम्म मूल गेटबाटै प्रवेशमा निषेध गरेको छ ।महिनावारी भएको समयमा महिलाहरूलाई उक्त गणभित्र प्रवेश गर्नु हुन्न भन्ने जानकारी नहुन सक्छ भन्दै शु?मै जानकारी दिन गणले गेटमै सूचना बोर्ड राखेको बताएको छ ।यसअघि मूल गेट बाहिरै ३ बुँदे सूचना टाँस गरेर महिनावारी भएका महिलालाई मूल गेटबाट प्रवेशमा निषेध गरेकोमा सामाजिक सञ्जालमा व्यापाक बिरोध भएपछि अहिले बोर्ड भने भित्र सारिएको छ ।
गणका प्रमुख कर्णेल कृष्णबहादुर रायमाझीले सामाजिक सञ्जालमा महिनावारी भएका महिलालाई प्रवेशमा रोक लगाइएको बोर्ड बारे चर्को आलोचना भएपछि बोर्ड भित्र सारिएको बताए ।कर्णेल रायमाझी उक्त गणको गणपति भएर आएदेखि उनैको पहलमा एक वर्षअघि सूचना बोर्ड राखिएको हो । उनका अनुसार नेपाली सेनामा महिला सैनिक पनि कार्यरत रहेको र गणमा आउँदा गेटमा रहेका सिपाहीले महिनावारीबारे सोध्न असहज हुने भएकोले उनीहरूको सजिलोको लागि सूचना टाँसिएको हो ।
महिला खबरसँग बुधबार बिहानको भेटमा उनले भने, ‘मूल गेटको आडैमा निशान कवल देशभरकै नेपाली सेनासँग सम्बन्धित निशान, शक्ति पीठ रहेकोले महिनावारी भएको सात दिनसम्म मूल गेटबाट छिरेमा गणभित्र अपसकुन हुन्छ । त्यसैले महिनावारी भएका महिलाहरू भित्र छिर्न मिल्दैन ।’उनले नेपाली सेनामा कार्यरत सबै सैनिकमा महिनावारी भएका महिला उक्त गेटबाट प्रवेश गर्न नहुने बताए । महिनावारी भएका व्यक्ति मात्रै होइन पानी पर्दा छाता ओढेर र बरखी आसोच बारेका व्यक्ति पनि मूल गेटबाट प्रवेशमा निषेध गरिएको छ ।
‘संस्कृतिको पालना गर्नु आ–आफ्नो विश्वासको कुरा हो’ उनले थपे, ‘यहाँ पनि हामीलाई महिनावारी भएका महिला भित्र जानुहुन्न भन्ने विश्वास छ ।’सैनिक महिला राखिदैंननेपाली सेनामा महिला पनि कार्यरत छन् । तर रणभैरव गणमा भने सैनिक महिला राखिएको छैन । गणपति रायमाझीले केही समय अघि २ जना महिला सैनिकको उक्त गणमा पोष्टिङ भएकोमा उनीहरूको पोष्टिङ सारेर अन्तै पठाइएको पनि बताए ।सैनिक महिलाहरू महिनावारी हुने र त्यो समयमा गणमा बस्न नमिल्ने भएकाले उनीहरूको पोष्टिङ अन्तै सारिएको पनि उनले बताए ।
(महिला खबरवाट साभार)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest