महिला क्रिकेटरको विजययात्रा जारी

Friday, January 18th, 2019

 


थाइल्याण्डमा जारी वुमेन्स टि २० स्म्यासको फाइनलमा नेपाल प्रवेश गरेको छ । नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो । इन्डोनेसियाका लागि युलिया आङ्ग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन् । चार इन्डोनेसियन खेलाडी शून्यमा आउट भएका थिए । नेपालले पाँच रन अतिरिक्त दिएको थियो । इन्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ् गरेकी थिइन् । ३ ओभर बलिङ् गर्दै २ मेडनसहित २ रन खर्चिएर उनले ३ विकेट लिएकी हुन् । कविता कनुवार, नेरी थापा र सरिता मगरले १,१ विकेट लिएका थिए भने सीता राना मगरले २ विकेट लिएकी थिइन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest