नेवारी समुदायद्वारा पात्रो बहिष्कार

Tuesday, October 22nd, 2019

काठमाडौं ःनेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ। तिहारमा नेवार समुदायले मनाउने स्वन्तिः को तिथि बिगारेको भन्दै पात्रो बहिष्कार गरिएको हो । राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई बेग्लाबेग्लै दिनमा राखेको छ। जबकि यी दुवै एकै दिन सम्पन्न गर्नुपर्ने नेवारी परम्परा छ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार तिथिलाई लहरै उल्लेख नगरी टुटाएमा व्यावहारिक पक्षमा धक्का लाग्ने गर्छ। यसपालिको तिहारमा यस्तै भएको छ। यमपञ्चक भनेकै पाँच दिन मनाउने पर्व हो। घडी र पला हेरेर समितिले तिहारलाई चार दिनमा समेटेको छ। ‘मौलिक पर्वहरूमा सिद्धान्तभन्दा व्यावहारिक पक्ष हेर्नुपर्छ,’ संस्कृतिविद् जोशीले भने। ‘पञ्चांग समितिले सिद्धान्तलाई मात्र महत्व दिँदा व्यावहारिक पक्ष गडबड हुन पुगेको जोशीको भनाइ छ।

समितिले बनाएको पात्रोमा यमपञ्चकका रूपमा मनाइने तिहारको पहिलो दिन कात्तिक ९ गते काग तिहार परेको छ। १० गते कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन पर्न गएको छ भने ११ गते म्हःपूजा र १२ गते गोवर्धन पूजा, नेवार समुदायको न्हु दँ ९नयाँ वर्ष० अर्थात् नेपाल सम्वत ११४० र भाइटीका परेको छ। पात्रोमा उल्लेखित यो तिथि नेवार समुदायले मनाउने स्वन्ति पर्वसँग मेल खाँदैन।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest