न्यूयोर्क बाटै आयो गायिका यशोधा खालिङ् राईको चौरी

Tuesday, February 27th, 2018

चक्र प्रसाद पोख्रेल

,काठमाण्डौ  :नेपाली सुगम संगीतमा एक दसकदेखि सक्रिय गायिका यशोधा खालिङ् राईको “चौरी”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जय बरालको शब्दमा हरी लम्सालको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा गायिका यसोधा, सुकराम, अस्मिता र कुसुम गोलेको अभिनय रहेको छ ।
सुकराम गोले कै कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोको छायाँकन प्रेमाहाङ् राईको रहेको छ । भिडियो अमेरिकाको न्यूयोर्कका रमाईला पार्कहरुमा छायांकन गरिएको छ । हिउँले भरिएको पार्कहरु चौरी चर्ने नेपालको सुन्दर हीमाली भुभाग जस्ता लाग्दछन् । यस् अघि नेपाली कलाकारसँग सम्बन्धित संस्था“आर्टिस्ट नेपाल नेटवर्क”मार्फत ‘मेरो मन’ सार्वजनिक गरेकी गायिका यशोधाको यस् भिडियो पनि आर्टिस्ट नेपाल प्रोडक्सन अन्तर्गत पोस्ट प्रोडक्सन भएको हो । २००६ मा पबिधान खालिङ् राईको संगीतमा आफ्नो पहिलो सांगीतिक कोशेली स्वरुप“यसोधा” १ बजारमा ल्याएकी उनी दोश्रो एल्बम यसोधा २ को अन्तिम तयारीमा पनि जुटेकी छिन् ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest