पढ्दा निदाएको छु दिपक राज गिरी….

Tuesday, March 13th, 2018

दिपक राज गिरी, कलाकार
महिलाको सबै भन्दा मन पर्ने बानी ?
सबैभन्दा त केयरिङ्ग हुन्छन् । पुरुष जस्तो आफ्नो बारेमा मात्रै सोच्ने नभई समाज, घर परिवार सबैको बारेमा सोच्ने र माया गर्ने बानी मलाइ मनपर्छ ।
तपाईलाई उत्कृष्ट लाग्ने नेपाली नायिका ?
अहिले नेपाली फिल्म क्षेत्रमा सबै राम्रा नै छन् । तर मलाई प्रियंका उत्कृष्ट लाग्छ ।
तपाईलाई मन पर्ने निर्देशक ?
मेरो मिल्ने साथी दिपा श्री निरौला
मानिसलाई सुन्दर के ले बनाउँछ ?
उसको बाहिरी सुन्दरता त हुनै पर्छ तर पनि भित्री सुन्दरता हुन जरुरत छ ।
तपाई कलाकार नभएको भए ?
म कलाकार नभएको भए खत्तम नै हुन्थे, एक असफल व्याक्ति हुन्थेँ ।
पुस्तक कतिको पढ्नु हुन्छ ?
विद्यार्थी जीवनमा पनि पुस्तक भनेपछि मलाई निन्द्रा लागिहाल्थ्यो । विद्यालयमा त कतिपटक पुस्तक पढ्दा निदाएको छु त्यसैले म पुस्तक लभर भने होइन, खासै पढ्दिन ।
तपाईको कम्जोरी ?
जे हो त्यहि बोल्नु पर्छ त्यसैले साथीभाइको माझमा म छुच्चो व्याक्ति हुन्छु ।
दर्शकलाई थाहा नभएको तपाईको बानी ?
रिललाइफमा मलाइ एकदमै मदिरा प्रेमी देखाइएता पनि रियल लाइफमा भने म पियोर भेजिटेरियन । सायद यो कुरा थाहा छैन होला दर्शकलाई ।
तपाईको विचारमा जीवन ?
जीवन सुख दुःख जे भएपनि आखिर फिल गर्ने नै हो त्यसैले आफ्नो फिलिङ्गस हो जस्तो लाग्छ ।
तपाईलाई एकदिनको लागि प्रधानमन्त्री बनाइयो भने के परिवर्तन गर्न चाहनुहुन्छ ?
अब एक दिनमा के नै गर्न सकिन्छ र । अहिलेसम्म के नै गरेका छन् र मन्त्रीहरुले पनि पहिला जिन्स पाइन्ट लगाउने ले दौरा सुरुवाल परिवर्तन गरेजस्तै म पनि दौरा सुरुवाल परिवर्तन गर्छु ।

प्रस्तुति ःअनुराधा तिमिल्सिना

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest