परिवर्तन गरेर देखाउँछु थममाया

Monday, June 25th, 2018

 थममाया थापा मगर,

मन्त्री महिला, वालवालिका तथा समाज कल्याण

म्याग्दीको दुर्गम गाउँ चिमखोलामा जन्मिएर २०४० सालबाट कम्युनिस्ट राजनीति सुरु गरेकी नेकपा एमालेकी पोलिटब्युरो सदस्य थममाया थापामगर २०७४ फाल्गुन ३ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त भइन् । अखिल नेपाल महिला संघकी महासचिव समेत रहेकी उनी पञ्चायतकालबाट भुमिगत राजनीति गरेर मन्त्री सम्म बन्न सफल भएकी हुन् । विद्यार्थी राजनीति, शिक्षक संगठन, महिला संगठन हुँदै पार्टीगत राजनीतिमा आएकी उनी २०४८ सालको आमनिर्वाचनमा म्याग्दीबाट निर्वाचित भईन् ।

२०५६ सालको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थममायाले २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिक सभासद् भएर काम गरिन् ।
२०७५ सालको प्रतिनिधिसभाको निर्वाचनबाट समानुपातिकमार्फत सांसद भएकी उनले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको
जिम्मेवारी पाएकी छन् । सम्भावना कम र चुनौती बढी हुदा हँुदै पनि समाज परिवर्तन र महिलाको हक हितका लागि भन्दै शिक्षकको जागिर नै छोडेर राजनीतिमा लागेकी थिइन् मन्त्री मगर । महिला भएकै कारणले पनि राजनीतिमा आउनको लागि कठिनाई कम थिएन उनका लागि । छोरीलाई पढाउन हँुदैन भन्ने मान्यता भएको समयमा बुवाको देनका कारण उचित शिक्षा लिएर शिक्षिका समेत हुन सफल भएकी थिईन् । सेवामुलक काम, समाजको हेर्ने दृष्टिकोण र राजनीतिमा पुरुषत्व हाबी भएकै कारण पनि महिलाहरुले राजनीतिमा आफु भन्दा पनि श्रीमानलाई पठाउने गरेको उनको धाराणा छ । पुरुषलाई राजनीतिमा पठाएर आफुहरु भने ब्याक सर्पोटको रुपमा नै बसे, त्यसैले पनि महिलाहरुको
राजनीतिक र सामाजिक विकास हुन नसकेको जस्तो लाग्छ उनलाई ।

राजनीतिमा नयाँ परिवर्तन खोजेकै कारण आफुले अध्यापन गराई रहेको विद्यालयबाट निकालिनु
समेत परेको थियो । मन्त्री मगरले २०४० सालमा
नेकपा मालेमा प्रवेश गरेर औपचारिक रुपमा राजनीति गर्न सुरु गरेकी थिईन् । समाज परिवर्तनको लागि सानो सानो कुराले पनि असर पर्छ भन्ने मान्यता
राख्ने उनलाई भुमिगत राजनीति गर्न असहज पक्कै भएको थियो । पहिला परिवारले राजनीति गरेको मन
नपराएपनि पछिल्लो समयमा सामान्य वातावरण भएको भएर नै उनी मन्त्री सम्म हुन सफल भएकी हुन् ।

राष्ट्रिय पञ्चायत निर्वाचनमा सरकारी कर्मचारीलाई हराउन माहोैल बनाउदा झण्डै ज्यान गएको कुरा सम्झेर उनी अहिले पनि आत्तिन्छिन् । अबको दिनमा त्यस्तो अप्ठारो नपरोस भनेर राजनीतिक वातावरण बनाउनका लागि आफुहरुले माहौल बनाउने उनको लक्ष्य नै रहेको छ । मन्त्री भएर ३ महिनाको अवधि पुरा गरीसकेकी उनी हाल विभिन्न प्रदेशहरुमा रहेका महिलालाई कसरी सचेत बनाउन सकिन्छ भनेर योजना बनाउने कुरामा व्यस्त छिन् । देशमा महिलाहरुको लागि राम्रो कानुन भए पनि कार्यन्वनहुन सकिरहेको छैन तर अबको दिनमा कार्यन्वनको लागि आफ्नो विषेश पहल रहने उनको योजना छ । देशमा अहिले व्याप्त भएको बलात्कार, तथा दाइजो प्रथा रोक्नको लागि स्थानिय तहमा सरसल्लाह गरेर नयाँ नीतिहरु ल्याएर काम गर्ने र स्थानिय तहका जनप्रतिनिधिहरुलाई स्थानिय जनता, महिला तथा बालबालिकाहरुको
सुरक्षा र योजना निर्माणमा कस्तो कामहरु गर्न सकिन्छ भनेर उनीहरुसँग समन्वय गरेर विभिन्न सचेत
नामुलक कार्यक्रम गरेर यसलाई न्युनिकरण गर्ने योजना
रहेको छ उनको ।

महिलाको विकासका लागि अन्य कुराहरुका साथ साथै आर्थिक रुपमा अगाडी बढाउनको लागि महिलाहरुले व्यवसाय चलाउन चाहेमा अर्थ मन्त्रालयसंग समन्वयमा रहेर महिलाहरुलाई केही हदसम्म व्याज कम गरेर महिलाहरुलाई व्यावसाय या उद्योगमा अगाडी ल्याउने र स्थानिय स्तरबाट पनि नीतिगत रुपमै महिलालाई आर्थिक रुपमा अगाडी बढाउनको लागि के गर्न सकिन्छ भनेर सरसल्लाह गरेर महिलालाई अगाडी बढ्न सहयोग गर्ने उनले अठोट गरेकी छन् । लामो समय पश्चात देशले स्थायी सरकार पाएको छ । मुख्य गरेर यो वर्ष भन्दा अगाडीकोे पाँच वर्षभित्र कानुनी हिसाबले महिलाहरूले अधिकार पाएनन्, कानुनी हिसाबले महिलाहरू विभेदमा परे, कानुनी अड्चनले गर्दाखेरि महिलाहरू पछाडि परे भन्ने ठाउँ नराखेर काम गर्ने योजनामा छिन् । महिलाहरूले अधिकार पाएनन् महिलाहरू अधिकारबाट वञ्चित भए भन्नेखालको स्थिति अन्त्य गर्नका लागि पाँच वर्षभित्र संविधानको मर्मअनुसार कार्यान्वयन गर्नका लागि नीति, ऐनहरू बनाउन मेरो विषेश कसरत हुनेछ भन्छिन् मन्त्री थापा । संविधानमा उल्लेख भएअनुसार यी यी कुराहरूमा अपुग भयो भन्ने कुरा नराख्ने हिसाबले त्यो खालको कानुन निर्माण गर्ने कुरामा र अर्को कुरा कानुनलाई प्रभावकारी ढंगले जनस्तरमा लागू गर्नका लागि अभियान सञ्चालन गर्ने उनको सोच छ ।

कानुनको डण्डा देखाएर मात्रै सबै समस्या समाधान हुँदैन । जब सम्म हरेक जनतालाई सचेत गराउन सक्दैनौँ तबसम्म समस्या समाधान हुँदैन । महिलाहरूमा मेरो अधिकार के छ भन्ने कुरा अझै पनि थाहा छैन ।
ती अधिकारहरूबारे सचेत गराउन आवश्यक छ । र ती अधिकार प्रयोग गर्नका लागि जनस्तरबाट नै पहल गराउने, स्थानीय सरकार, नागरिक समाज मार्फत जनतालाई सचेत बनाउन अभियान सञ्चालन गर्ने र जनस्तरबाट सचेतनाको अभियान सँगै कानुनलाई ठोस ढंगले कार्यरूप दिने कानुन बनायौँ भने निश्चितरूपमा महिलाहरूको जीवनमा ठूलो परिवर्तन हुने र
परिवर्तन गराएर देखाउने उनको दृढ संकल्प रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest