परिवारसँगको दशैं

Thursday, October 18th, 2018

चाडबाड भन्ने वित्तिकै मनमा उत्साहपूर्ण रुपमा आउने कुरा परिवार हो । घरमा सधैं संगै रहनेको लागि त छदैछ, घरपरिवार देखी टाढा रहेका मानिसहरुको लागि झन महत्व बोकेको हुन्छ पर्वहरुले । दशैं त नेपालीहरुको महान् पर्व हो । यस अवसरमा सबैले परिवार संग समय बिताउने आफ्नो आफ्नै योजना बनाईरहेका हुन्छन् । देश विदेशमा रहेका मानिसहरु दशै“मा घर जाने भनेर अगाडी देखी नै तयारी गरी राखेका हुन्छन् । गा“उघर होस् या सहर बजार, दशैं भन्ने बित्तिकै युवा देखी प्रौढको दिमागमा आउने कुरा हो च·ा, तास, पिङ र दशैंमा बनाईने मीठा मीठा परिकार अनि मान्यजन संग निधारभरि लगाइने टीका । ठुला बडाको हातबाट टिका तथा आर्शिवाद साथै वर्षौ देखी भेट नभएका आफन्त संगको भेटघाट पनि यहि दशैंसंग जोडिएको हुन्छ । साना बच्चा देखी ठुला सम्मकालागि नया“ कपडाले पनि महत्व बोकेको हुन्छ । बच्चाहरुको लागि अर्को महत्वपूर्ण कुरा भनेको टीका लगाएर दिइने दक्षिणा पनि हो । माछामासुका परिकार तथा साकाहारीका लागि स्पेशल भोजन दशैंको बिशेषतामा पर्छन् । दशैंको दशौं दिन असत्य माथी सत्यको विजय अर्थात दैत्यहरुमाथी देवीले विजय हा“सिल गरेको उपलक्ष्यमा ठुलाबडा तथा मान्यजनकोे हातबाट जमरा र टीका थापेर आशिर्वाद र दक्षिणा लिने चलन छ। बढ्दो व्यस्तताका कारण अहिलेको परिवार संगको दशैं भन्ने कुरा कल्पना मात्र बन्न पुगेको पाइन्छ । व्यवसायी तथा जागिरेहरुको लागि त केही हदसम्म समय मिलाएर दशैं मनाउने वातावरण बन्न सक्छ । कलाकारहरुको भने दशैंको बेलामा नै कार्यक्रमहरु पर्ने भएकोले सहज नहुन सक्छ ।
एलिजा गौतम, नायिका
दशैँ भन्ने बित्तिकै बच्चा बेलाको उल्लासमय समय, पिङ्, मीठा मीठा परिकारहरुको याद आउँछ । ठुलो भए पछि जिम्मेवारी बढी भएकोले सानो बेला नै दशैँ बढि रमाइलो थियो भन्ने लाग्छ । मेरो श्रीमान् पत्रकार भएकाले धेरै छुट्टी हुदैँन । छोटो समयमा सकेसम्म धेरै रमाइलो हुने गरी मनाउने कोसिस गछौँ । यसपाली चाहिँ मेरो दशैं विशेष हुनेछ किनकी दशैं भन्दा अगाडी मेरो पहिलो फिल्म लाग्दैछ । साथै मेरो आमा क्यानडा हुनुहुन्छ म त्यहा जान्छु । अहिले सम्मको रमाइलो दशैं सम्झनु पर्दा चाहिँ विवाह पहिलेको दशैं नै रमाइलो लाग्छ ।
निरु खड्का, कलाकार
दशंैको बेलाको वातावरण नै मन पर्छ । किनकी त्यो वातावरण पर्वमय हुन्छ । दशंै भन्ने बित्तिकै बच्चाबेलामा चङ्गा, कति दक्षिणा हुन्छ भन्ने कुराले उत्साहित बनाउथ्यो । अहिले चाहिँ आर्शिवाद, टीका, जमरा तथा आफन्तको याद आउँछ । सबैलाइ दशैंमा परिवार संग रमाउन मन पर्छ । हामी पनि परिवार संग सामान्य तरिकाले नै दशैं मनाउँछौं । टीका तथा आफन्तसंगको भेटघाटलाई नै निरन्तरता दिएका हुन्छौं । मेरो लागि दशैंको त्यस्तो अविस्मरणीय पल त छैन । सधैं र सबै सामान्य नै हुन्छन् । यो वर्ष पनि त्यस्तै सामान्य तथा रमाइलो तरिकाले मनाउने सोचाइमा छु । सकेसम्म नवरात्रीमा सबै मन्दिर पुग्ने कोसिस गर्छु र सबै जनाको आर्शिवाद लिने प्रयत्न गर्छु ।
पुष्प खड्का, नायक
लामो समयदेखी टाढा भएका परिवारलाई भेट गराउने चाड हो दशैं । दशैं भन्ने वित्तिकै परिवारको माया, जमघट, रमाइलो पल, धार्मिक तथा ममतापूर्ण माहौल याद आउँछ । दशैंमा सुख, दुःखका कुराहरु गर्ने, तास खेल्ने तथा घरमा भएको मीठो खानेकुरा खाएर हाँसीमजाक बढी हुन्छ । हामी पुरै परिवार नै मासु खाने भएकाले माछा मासु पनि प्रसस्त पाक्छन् । सबैको लागि पारिवारिक माहोल, सबै दशैं यादगर हुन्छ नै । लामो समय पछिको भेटघाटले परिवारमा खुशि ल्याउछ । विशेष बच्चा बेलाको चाहिँ रमाइलो लाग्छ । त्यति बेलाको मस्ती छुट्टै, समय पनि उस्तै थियो । यो साल दशैं कैलालीमा नै स–परिवार सँग मनाउने योजनामा छु । पहिलाको निकटतालाई थप सुमधुर बनाएर झन रमाइलो गर्ने मन छ यो दशैंमा ।
काली प्रसाद बास्कोटा, संगीतकार
दशैं भन्ने बित्तिकै घर परिवारको धेरै याद आउँछ । वर्ष दिन देखी भेट नभएको परिवार यहि बाहानामा भेट भईन्छ, दशैँको विशेष पक्ष यहि लाग्छ । मेरो दशैँ त्यस्तो भड्किलो खालको हुदैँन । सामान्य जमघट हुन्छ । सबैका लागि सबै दशैँ सम्झन योग्य रहन्छन् किनकी पहिलाकोबाट मानिसहरु अपग्रेट हुने कोसिस गर्छन् त्यसले गर्दा मेरो पनि यो नै दशैँ रमाइलो थियो भन्ने छैन । यो चोटीको मेरो दशैँ विशेष हुने छ । यसर्थ पनि गएको २ साल विभिद् कारणले दशैँ मनाएका थिएनौ । त्यसैले पनि यो साल परिवारिक प्राथमिकता बढ्छ । साथै टाढा रहेका आफन्त बिच निकटता हुने रमाइलो माहोल बन्नेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest