पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात :सतर्क रहन मौसमविद्को सुझाव

Thursday, January 2nd, 2020


काठमाण्डौ: ( पश्चिम र मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले वर्षा र हिमपात भैरहेको छ ।पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात भैरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिइन । अहिले बैतडी, डडेलधुरा, डोटी, हुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङलगायतका जिल्लाको उच्च पहाडी क्षेत्रमा हिउँ र पहाडी क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम पहाडका केही क्षेत्रमा असिना पानी समेत परेको छ । बुधबार रातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ।

हिमपातका कारण बैतडीमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । आज बिहीबार पश्चिमको मौसम पूर्णरुपमा बदली हुने तथा मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद् बासीको भनाइ छ । भोलि शुक्रबार भने देशभरकै मौसम बदली हुने, विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ ।तर लगातार झरीको सम्भावना भने नरहेको बासीले बताइन । वर्षा र हिमपात भएसँगै देशभर नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest