पहिलो मिसेज डिभा बनिन् सरिता

Tuesday, September 11th, 2018

 

पहिलोपटक आयोजना भएको विवाहित महिलाहरुको प्रतिभा प्रतियोगीता मिसेज डिभा इन्टरनेशनल र बालबालिकाहरुको प्रतियोगीता किड्स अफ द इयर २०१८ सम्पन्न भएको छ । नेपालगञ्जमा आयोजना भएको उक्त पहिलो मिसेज डिभा इन्टरनेशनलको उपाधी सरिता शर्मा बन्न सफल भएकी छन् । सरिताले टाइटलको साथमा भ्यूअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार पनि हात पारेकी छन् ।

दोश्रो स्थानमा पर्न सफल पूजा गुप्ताले बेस्ट वाल्कको पुरस्कार पनि जितिन् भने संगीता आर.सि. तेश्रो स्थानमा परिन भने उनी प्रतियोगीतामा बेस्ट ट्यालेन्ट हुन पनि सफल भइन् । उपाधी विजेताहरुलाई आयोजकले ताज पहिर्याइ दिए भने उपाधी विजेता सरितालाई आयोजकको तर्फबाट राज फैजु, श्रीषा वैदार फैजु र हेमराज सन्तोष खनालले ताज पहिर्याइ दिएका हुन् ।

मिसेज डिभा इन्टरनेशनलको फाइनल अडिसनमा पाँच जना प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । अडिसनबाट छानिएका पाँच जना विवाहित महिलाहरुले फाइनल अडिसनमा प्रतिस्पर्धा गरेका थिए । पाण्डव मिडियाको प्रस्तुति रहेको कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को थियो भने संयोजन राजश्री कलेक्सनले गरेको थियो ।

प्रतियोगीतामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वले निर्णायकको भूमिका सम्पन्न गरेका थिए । प्रतियोगीतामा निर्णायकमा चलचित्र कलाकार सुभेच्छा थापा, रश्मी भट्ट, मोडल कलाकार खगेन्द्र नेपाल, चर्म रोग विशेषज्ञ डा. विनोद कर्ण, होटल व्यवसायी दिनेश भण्डारी सम्मिलित थिए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest