पाँचथरमा एक युवती बलात्कृत

Wednesday, December 19th, 2018


पाँचथरमा एक युवती बलात्कृत भएकी छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा एक सुस्त मनस्थितिकी युवती बलात्कृत भएकी हुन्। बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर २८ गते साँझ घरमा परिवारका अन्य कोही पनि सदस्य नभएको मौका छोपी सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाउँपालिका वडा नं। २ का लाले भनिने शुरेस भुजेल पक्राउ परेका हुन् । पीडितका आफन्तका अनुसार सुस्त मनस्थितिकी ती युवतीलाई घरमा एक्लै छाडेर परिवारका अन्य सबै सदस्य विवाहमा गएका थिए ।

युवतीलाई ललाई फकाई घरभन्दा केही पर लगेर भुजेलले बलात्कार गरेको पीडितले इशारा मार्फत आफन्तलाई बताएकी थिईन । जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् । उनले आफन्तलाई पीडकले हातमा समाई गाउँमा लैजाने भनेर एकान्तमा लगेर करणी गरेको इशारा मार्फत बताएकी छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest