पाल्पामा १९ वर्षीय युवती बलत्कृत

Friday, October 19th, 2018


धनु गिरी
बुटवल ः बलात्कारको आरोपमा पाल्पामा एक जना युवा पक्राउ परेका छन् ।तिनाउँ गाउँपालिका २ की १९ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २० वर्षीय किरण गाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा गएको बेला गाहाले किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाइ पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।बलात्कारमा परेकी किशोरी चिच्याएर गुहार मागेपछि स्थानीयको सहयोगमा प्रहरीले गाहालाई पक्राउ गरेको प्रहरी चौकी दोभानका प्रमुख, प्रहरी नायब निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिएका छन ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest