पुस महिनाको मासिक राशिफल

Thursday, December 20th, 2018

प्रेमप्रसाद पराजुली
वास्तुविद्ध ,ज्योतिषाचार्य

मेष

लाभदायी यात्रा हुने योग रहेको छ । स्थान परिवर्तनको समय आएको छ । दुर्जनहरुको संगत हुने हुँदा होशियारीका साथ काम गर्नुहोला । केही आरोप पनि लाग्नसक्छ । शिक्षामा प्रगतिका साथै रोजगारीको अबसर मिल्नेछ, शुभ अंक ३,७ हरियो रंग, पूर्व दिशा शुभ रहेको छ । ॐ नारायणाय नम ः मन्त्र जप र पंहेलो बस्त्र दान गर्दा लाभ हुनेछ ।
वृष

सामाजिक सेवामा नलाग्नु नै उचित हुनेछ । ठूला ठूला लगानी हुनुका साथै दाजुभाईबाट सहयोग मिल्ने योग रहेको छ । आकस्मिक यात्रा हुनेछ । राजनीतिक कुराकानी गर्न मनपर्ने देखिएता पनि खासै फाइदा भने हुनेछैन । जग्गा जमिन तथा सवारी खरिदको योग रहेको छ । शुभ अंक २,९, सेतो रंग दक्षिण दिशा शुभ रहेको छ । ॐ रुद्ररुपाय नम ः मन्त्र जप र पंहेलो अन्न दान गर्दा लाभ हुनेछ ।
मिथुन

कानुनी झमेलामा पर्ने हुँदा विचार गरेरमात्र काम गर्नुहोला ,आम्दानीमा मन्दी हुनेछ । सजावट समाग्रीमा खर्च हुने छ । व्यापारमा लाभ मिल्ने योग रहेकाले शेयर कारोबार तथा अन्य कुनै कारोबार गर्नुमा राम्रो देखिन्छ । अध्यायन अध्यापनमा सफलता मिल्नेछ । धर्मकर्मका लागि भने सामान्य रहेको छ । शुभ अंक ५, ७ रंग सेतो, पश्चिम दिशा शुभ रहेको छ । ॐ ऐश्वर्याय नमः मन्त्र जप तथा रातो अविर दान गर्दा लाभ हुनेछ ।
कर्कट

महत्वपूर्ण निर्णय दिन समय लाग्ने तथा बिनाकारण रिस उठ्नसक्छ । कार्यमा अवरोध तथा आर्थिक नोक्सानी हुने हुँदा सावधानी अपनाउनु होला । आलस्यता बढेर जानेछ । यात्राको अवसर एवं पारिवारिक सुख तथा सन्तान सुख मिल्नेछ । स्वास्थ्यमा भने बेला बेलामा समस्या आउनसक्छ । आफ्नै प्रयासले गरेको काममा सफलता मिल्नेछ । शुभ अंक १,३ रंग सेतो हल्का रातो र दक्षिण दिशा शुभ रहेको छ ।

सिंह

शत्रुले सताउनेछन् । बिनाकारण दण्ड सजायमा परिनेछ । स्वास्थ्यमा सुधार आउनेछ । राजनीतिमा सफलता मिल्ने छैन् । अध्यायन, अध्यापनमा विवाद आउनेछ । साथीभाइका तर्फबाट नोक्सानी हुनसक्छ । घर, जग्गा र सवारीमा लगानी हुनसक्छ । नोकारीमा भने साथीभाइले समस्यामा पार्नेछन् । शुभ अंक १, रंग हरियो र पूर्व दिशा शुभ रहेको छ ।
कन्या

गोपनियतामा काम गर्नुहोला, अन्यथा परिणाम नराम्रो आउन सक्छ । बिरोधीहरु धेरै छन् । धेरै परिश्रम गरेरमात्र सफलता मिल्नेछ । विश्वास गरेकाले धोका दिने सम्भावना छ । शिक्षामा प्रगति हुनेछ । परिवारका लागि कडा परिश्रम गर्नुपर्ला । बैदेशिक काममा फस्ने योग देखिन्छ । संगीत तथा कला साहित्यमा भने राम्रै रहेको छ । शुभ अंक ६, कालो रंग र पश्चिम दिशा शुभ रहेको छ ।
तुला

धनमाल हराउने तथा चोरीको योग रहेको छ । व्यापारमा सोचेअनुसार फाइदा हुनेछैन । पति पत्नीबीच बिवाद आउने र अन्य व्यक्तिलेमसेत अपमान गर्ने योग रहेको छ । प्रेम प्रस्तावमा नपर्नुमा उचित देखिन्छ । सन्तानका लागि परिश्रम गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । शुभ अंक ५ शुभ रंग रातो, खैरो र शुभ दिशा पूर्व रहेको छ ।
वृश्चिक

उच्च शिक्षाका लागि विदेश तथा सीप सिक्न यात्रा गर्नुपर्नेछ । मनमा शान्ति छाउने छ । आप्mनै प्रयासबाटमात्र कार्यमा सफलता मिल्नेछ । व्यापार, कृषि तथा शैक्षिकस्तरमा राम्रो र राजनीतिमा खासै राम्रो छैन । शुभ अंक ४ र शुभ रंग रातो, हल्का खैरो र पश्चिम दिशा शुभ रहेको छ ।
धनु

सामाजिक कार्यबाट असन्तुष्टी हुनुपर्नेछ । कानुनी झमेलामा पर्ने हँुदा विचार गरेरमात्र काम गर्नुहोला । बोलीको प्रभाव हुनुका साथै शैक्षिक क्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुनसक्छ । व्यापार व्यवसायमा प्रगति छ । प्रेम प्रस्ताव आउन सक्छ । धार्मिक काममा व्यस्त तथा मान सम्मान मिल्नेछ । शुभ अंक ५, शुभ रंग रातो र शुभ दिशा पूर्व रहेको छ ।
मकर

इष्टमित्रबाट सहयोग प्राप्त हुन समय लाग्नेछ । दाम्पत्य जीवनमा तनाव तथा व्यापार व्यवसायबाट नोक्सानी छ । सकारात्मक सोचका साथ काम गर्दा पनि जस मिल्ने छैन । कृषि क्षेत्रमा भने प्रगति छ । गैरसरकारी संस्थाका लागि यो महिना उपयुक्त रहेको छ । अंक ३, रंग मिश्रित र दक्षिण दिशा शुभ रहेको छ । ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउँदा लाभ हुनेछ ।
कुम्भ

साथीभाइको सहयोग मिल्नेछ । क्रमशः आर्थिक सुधार हुँदै जानेछ । वैदेशिक यात्रा सहज तथा पारिवारिक ज्ञान गुनका कुरा सुन्न धेरै दौडधूपको काम गर्नुपर्नेछ । बेला बेलामा असन्तुष्टी हुनसक्छ । शुभ अंक ५, रातो रंग, पूर्व दिशा शुभ रहेको छ । ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा सेतो बस्त्र दान गर्दा लाभ हुनेछ ।
मीन

साथीहरुले गलत प्रचार गर्नेछन् । भूमि–वाहनका लागि समय उत्तम रहेको छ । पत्नी एवं सन्तानका लागि चिन्तित हुनुपर्नेछ । नयाँ कामको सुरुवात हुनेछ । मावली तथा ससुरालीले चिन्ता मात्र दिनेछन् । शुभ अंक ३, रंग हरियो र दक्षिण दिशा शुभ रहेको छ । ॐ वामदेवाय नमः मन्त्र जप तथा फलाम दान गर्दा आर्थिक लाभ हुनेछ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest