पुस २५ देखि राजधानीमा तेश्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ हुदै

Saturday, January 4th, 2020

 

काठमाडौ :काठमाडौँमा ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो–२०२०’ आयोजना हुने भएको छ। नेपाल रत्न तथा आभुषण संघले पुष २५ देखि २७ गतेसम्म काठमाडौँको होटल सोल्टी क्राउन प्लाजामा ‘तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना गर्न लागेको जानकारी दिएको हो।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघले नेपाली बहुमूल्य गरगहनाको मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको जानकारी दिएको छ।

नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठले जेम एण्ड ज्वेलरीको क्षेत्रमा बाह्य प्रविधि आकर्षित गर्न र नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा पहूँच बढाई निर्यात प्रवर्द्धन गर्न एक्स्पोले सहयोग पुर्‍याउने बताइन्।

एक्सपोमा विभिन्न ४० वटा ज्वेलर्स कम्पनीहरुको स्टल रहनुका साथै मेलामा नेपाली मौलिक गहनाहरुको ‘फेशन शो’ पनि गरिने भएको छ।

आयोजकले १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरेको छ। यसअघि सन् २०११ र २०१४ मा पनि संघले क्रमशः पहिलो र दोश्रो जेम एण्ड ज्वेलरी एक्स्पो सम्पन्न गरिसकेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५र०७६ मा मुलुकको आयात–निर्यातको अनुपात क्रमशः ९४ र ६ प्रतिशत रहेको छ।

सरकारले जेम एण्ड ज्वेलरी समेतका विभिन्न ३६ वटा वस्तु तथा सेवालाई निर्यातका अधिक सम्भावनायुक्त वस्तु तथा सेवाको श्रेणीमा वर्गिकृत गरेको छ तर आभुषण निर्यातले अपेक्षित गति लिन नसकेको संघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक आभुषणप्रतिको आकर्षणलाई सदुपयोग गरि निर्यात अभिवृद्धि गर्न सकिएमानिर्यात व्यापारमा आभुषण क्षेत्रले सरदर वार्षिक १५ प्रतिशत भन्दा बढीको योगदान गर्न सक्ने संघले जनाएको छ।

यस्तै बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर आदि स्वदेशी कच्चा पदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगको सम्भावनालाई स्पष्ट पारी आन्तरिक तथा वाह्य प्रविधि एवं पूँजीलाई आकर्षित गर्ने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ।

संघका अनुसार नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न मेलाका माध्यमबाट सहयोग पुग्नेछ।

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest