पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठको फिटनेश

Friday, November 1st, 2019

सदिक्षा श्रेष्ठ

पूर्व मिस नेपाल

विहानको सुरुवात कसरी गर्नुहुन्छ ?
विहान ६ बजे तिर उठ्छु, । आठ बजे सम्म नित्यकर्मका सबै काम सकाउँछु, त्यस पछि म जिम जान्छु, एक घण्टा देखि डेढ घण्टा मेरो जिम गर्ने समय हो । विहानका यी कार्यका लागि मैले दश बजे सम्मको समय छुट्याएकी हुन्छु, दश बजे सम्म अरु काम केहि गर्दिन ।
डाइट प्लान कसरी गर्नुहुन्छ ?
मैले प्लान नै गरेर खाने गरेकी त छैन, तर पनि सके सम्म आफ्नो स्वास्थ्यको विचार गरेर खाने गरेकी छु ।
ब्रेकफाष्ट :
विहान हल्का खान्छु, ओट्स, फलफूल, चिया विस्कुट आदि खान्छु । जिममा पनि अण्डा, चना, अण्डाका विभिन्न परिकार खान्छु ।
लञ्च :
लञ्चको समय प्रायः दिउँसोको १ बजे देखि २ बजे सम्म हुने गर्छ, लञ्चमा यहि खाने भन्ने रुटिङ छैन, दिउँसोको समय भएकोले कहाँ भइन्छ टुंगो पनि नहुने भएकोले लञ्च पनि यहि खाने भन्ने टुंगा हुदैन, परिस्थिति अनुसार जे भेटिन्छ त्यहि खाने गर्छु ।
डिनर :
बेलुकाको खाना अलि चाडै खाने गर्छु, खाने र सुत्ने समय कमसेकम दुई घण्टाको फरकमा हुनुपर्छ भन्ने डाक्टरको पनि सुझाव रहने गर्छ, यो सुझावलाई भने पालना गर्ने गर्छु, डिनरमा के खाने भन्ने घरमा मामुले नै तय गर्नु हुन्छ, मामुले जे पकाएर दिनुहुन्छ त्यहि खान्छु, सामान्यताः दाल, भात, तरकारी, अचार नै हुने गर्छ ।
तपाई अरुलाई फिटनेशको लागि के के टिप्स दिन चाहनुहुन्छ ?
सक्रिय रहनुहोस्, सक्रिय रहनको लागि जिम जान सक्नुहुन्छ, योगा, डान्स, मर्निङ्वाक जे सहज लाग्छ सोहीमा समय दिन सक्नुहुन्छ । मेडिटेशन पनि तपाईको रोजाइ हुन सक्छ । घरमै गर्छु भनेर चाहि हुदैन, किनभने घरमा रहदा अलि अल्छी नै भइन्छ, त्यसैले जे गरे पनि तालिका बनाएर गर्नुहोस्, खानपिनमा विशेष ध्यानदिनुहोस्, सकेसम्म घरमा बनाएको खानेकुरालाई प्राथमिकता दिनुहोस्, आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र खाना खानुहोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest