पोखराका नारीहरु हरेक हिसाबले अगाडि छन्, मीना

Monday, September 16th, 2019


मीना गुरुङ
सांसद, गण्डकी प्रदेश
राजनीतिमा सक्रियता कहिले देखि ?
अन्याय हेर्न र देख्न नसक्ने, सानो कुरामा पनि न्यायको लागी पहल गर्ने स्वभावले गर्दा अलि क्रान्तिकारी नारी भनेर धेरैले भन्ने गर्दथे, विद्यालय स्तर हुदै २०३६÷३७ साल देखि कलेजका दिनहरुमा राजतीतिमा सक्रियता देखाए । २०५९ सालमा ब्युटी पार्लर एशोशियसन नेपाल नामक संस्था खोलेर महिलाका हक, अधिकार र कर्तब्यको लागि आवाज उठाउने प्रयत्न पनि गरे ।
गण्डकी प्रदेशका महिलाहरु माथी उठ्न किन नसकेका होलान् ?
मलाइ त्यस्तो लाग्दैन, नेपालकै प्रशिद्ध पर्यटकीय क्षेत्र पोखरा, जहाँ हरेक हिसावले नारीहरु अगाडी नै रहेका छन्, उर्जाशिल रहेका छन्, धेरै महिला दिदी बहिनीहरु उच्च शिक्षा हासिल गरेका छन् । केहि जनजाति महिलाहरु भने पारिवारिक कारणले अगाडी आउन नसक्नु भएको सत्य हो । नवलपरासी, मनाङ, मुस्ताङतिरका नारीको अवस्था केहि जटिल छ । भौगोलिक विकटता, रुढिवादी सोच, जनचेतनाको कमी जस्ता कारणले त्यो भेकका नारीहरु माथी उठ्न सकेका छैनन्, साथै पर्याप्त मात्रामा अवसरहरु पनि पाएका छैनन् ।
गण्डकी प्रदेशका नारीहरुको समस्या के के छन् ?
प्रदेश नं. २ को जस्तो छाउपडी प्रथा लगायत त गण्डकी प्रदेशमा छैनन्, केहि नारीहरु श्रीमान्ले सौता ल्याएको, कुटपिट गरेका समस्याहरु सुनाउँछन्, आर्थिक रुपमा पनि यहाँका नारीहरु पछाडी परेका छन्, केहि जिल्लाका नारीहरु शिक्षाबाट बञ्चित रहेको पनि अवस्था छ ।
यहाँको व्यवसाय ?
म विगत ३३ वर्ष देखि ब्युटी पार्लर व्यवसायमा संलग्न रहेकी छु, यहि व्यवसायको कमाईले राजनीति र समाजसेवामा समेत सक्रिय छु । विपन्न वर्गका महिलाहरु, युवाहरु प्रति खर्च गर्दै आएकी छु । घरपरिवार पनि यहि पेशाले धानेको छ ।
राजनीति, व्यवसाय, समाजसेवा सबैमा संलग्न हुनुहुन्छ, समय कसरी व्यवस्थापन गर्नु भएको छ ?
बेलुका चाडै सुत्न भएन, विहान ढिलो सम्म सुत्न पनि भएन, समय व्यवस्थापनको पाटो हो । चाहे पछि व्यवस्थापन गर्न सकिने रहेछ ।
अन्तिममा केहि ?
युवा पिढीहरुलाई विशेष अनुरोध गर्छु‘, आत्तिएर, हतार गरेर विदेश नगइदिनु होला, यहि देशमा केहि गर्ने प्रयास गर्नुहोला, विदेशमा हुनुहुन्छ भने पनि यहाँ आएर केहि गर्नु होला, शिक्षित व्यक्तिले राजनीतिमा चासो लिएर राजनीति, सीपमुलक तालिममा जोड दिन अनुरोध गर्दछु ।
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest